१११ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कञ्चन जेसिज बर्ष २०२१ तथा लहर सामासजिक महिला उधमी सहकारी संस्था,कञ्चन १ दानापुरको संयुक्त आयोजनामा तातो दुध पिउने प्रतियोगिता सम्पन्न भएको छ। महिलाहरु शारिरीक रुपमा पनि आफुलाई हरेक कार्यमा अव्वल साबित गर्न र घर भित्रको चुलो चौकाका परिधि बाहिर पनि महिलाहरुकै संसार भएको कुरा अवगत गराउन आयेजना गरिएको तातो दुध पिउने प्रतियोगितामा कञ्चन १ की दानमाया थापा बिजय हुनुभएको छ। राम्ररी पकाएको दुध स्वस्थ र स्वच्छ हुने र स्वस्थ दुध नियमित रुपमा सेवन गर्दा शारिरीक र मानसिक रुपमा तन्दुरुष्टी प्राप्त हुन्छ तसर्थ स्वस्थ र स्वच्छ दुधको नियमित सेवन गर्ने बानीको बिकास गर्न लहर सामाजिक महिला उधमी सहकारीका सदस्य र अन्य महिलाहरुका लागि तातो दुध पिउने प्रतियोगिताको आयोजना गरिएको कञ्चन जेसिज बर्ष २०२१ का अध्यक्ष राधिका चौधरीले बताउन भएको छ।vयस्तै महिलाहरुलाई सुजनात्मक कृयाकलाप तथा प्रतियोगिताहरुमा सहभागिता गराउदा महिलाहरुमा एकता समन्वय र सहकार्यको बिकास गराउने उद्धेशयका साथ तातो दुध पिउने प्रतियोगिता सहित महिलाहरुका लागि घैटो फोड र कुर्ची दौड प्रतियोगिताको समेत आयोजना गरिएको कार्यक्रम संयोजक तथा कञ्चन जेसिज बर्ष २०२१ की उपाध्यक्ष प्रिया तरामुले बताउनु भएको छ। कुची दौड प्रतियोगितामा ममता श्रीस प्रथम,पुजा श्रीस दोश्रो र दानमाया थापा तेश्रो हुनु भएको थियो भने घैटो फोड प्रतियोगितामा प्रिया तरामु बिजेता बन्नु भएको थियो । बिजेता महिलाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल जेसिज बर्ष २०२१ का राष्ट्रिय उपाध्यक्ष विमल पौडेलले हरेक युवाहरु समाजको लागि आवस्यक छन समाजको लागि आवस्यक युवाहरु सृजनशिल,सक्षम,सभ्य र अनुशासित बन्नु पर्ने र तीनै युवाहरुले यही समाजको सही नेतृत्व गर्न ब्यक्तित्व बिकासमा फाइदा गर्ने जेसिजमा आवद्ध हुनु पर्ने बताउनु भएको थियो ।जेसिज हरेक १८ बर्ष देखि ४० बर्ष भन्दा कम उमेरका युवाहरुको साझा बिश्व बिधालय रहेको जसले युवाहरुको व्यक्तित्व बिकास,उधमशिलता,बिश्व बन्धुत्व,ब्यक्तित्वको नेतृत्व बिकासको लागि उचित तालिम र शिक्षा दिने बताउनु भएको थियो । कञ्चन जेसिज बर्ष २०२१ का कार्यकारिणी उपाध्यक्ष चित्र तुलाचनको स्वागत तथा महासचिव मोहराज शर्माको संचालनमा सम्पन्न कार्यक्रममा कञ्चन जेसिज बर्ष २०२१ का अध्यक्ष राधिका चौधरीले धनयवाद ज्ञापन ब्यक्त गर्नु भएको थियो ।