निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी दिपेन्द्र निरौला ज्यूलाई स्वागत सम्मान कार्यक्रम सम्पन्न

2021-03-20

निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी दिपेन्द्र निरौला ज्यूलाई स्वागत सम्मान कार्यक्रम सम्पन्न। उक्त कार्यक्रम भीरकोट जेसीजका अध्यक्ष जेसी प्रशुन मगर ज्यूको अध्यक्षतामा सुरु भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष जेसी बिजय गुरुङ ज्यूले र्गनु भएको थियो । शुभकामना मन्तव्य गल्याङ जेसीजका अध्यक्ष जेसी गोपि कृष्ण रेग्मी,भीरकोट जेसीजका निर्वतमान अध्यक्ष जेसी मिना खाणँ,भीरकोट न.पा वर्डा नं. ५का वडा अध्यक्ष जेसी याम प्रसाद अधिकारी (लक्ष्मण) , भीरकोट जेसीजका संस्थापक अध्यक्ष जेसी गुरु प्रसाद गुरुङ(उमेश) ,धन्यवाद मन्तव्य का.का उपाध्यक्ष जेसी भरत खडका र कार्यक्रम संचालन महासचिव जेसी कृष्ण प्रसाद पौडेल ज्युले गर्नु भएको थियो । भीरकोट जेसीजले हाल सम्म गरेका कार्यक्रमको प्रतिवेदन निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी दिपेन्द्र निरौला ज्यूलाइ भीरकोट जेसीजका अध्यक्ष जेसी प्रशुन मगर ज्यूले हस्तान्त्रण गर्नु भएको थियो र कार्यक्रममा मायाको चिनो आदन प्रदान गरि सम्पन्न भएको थियो ।

JCI News Archive