जेसीआई त्रिभुवननगरका लागि निरुपित नेपाल जेसीज बर्ष २०२१ का राष्ट्रिय उपाध्यक्ष जेसी कल्पना पाण्डेयले आफ्नो शाखा भ्रमणका क्रममा जेसीआई त्रिभुवननगरमा समग्र युवाहरुको नेतृत्वका लागि जेसीज महत्वपूर्ण संस्था रहेको बताउनु भएको छ । जेसीआई त्रिभुवननगरको अफिसियल भिजिटका क्रममा शाखामा राखिएको स्वागत सम्मान कार्यक्रममा यहा“ले जेसीजले बर्ष २०२१ का लागि युवाहरुको व्यक्तिगत, व्यवसायिक, सामाजिक र अन्तर्राष्ट्रिय क्षेत्रमा गरिने कार्यहरु र यसले युवाहरुलाई दिने फाइदाहरुको बारेमा जानकारी दिनुभएको थियो । नेपाल जेसीजमा स्थानीय शाखाका रुपमा जेसीआई त्रिभुवननगरले खेलेको महत्वपूर्ण योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा नेपाल जेसीजको नेतृत्वका लागि आजैबाट लाग्न र सबैको साथ सहयोग लिएर नकारात्मकता त्याग्दै सकारात्मकता तर्फ अघि बढी सफलता हासिल गर्न शुभकामना दिनुभएको थियो। जेसीआई त्रिभुवननगरका निवर्तमान अध्यक्ष जेसी माधव प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जेसीआई नेपालका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी लालमणि भण्डारीले जेसीज अभियानमा जेसीआई त्रिभुवननगरको योगदान र स्थानीय तहमा यसले खेलको सकारात्मक कार्यहरुको चर्चा गर्नुभएको थियो । जेसीआई त्रिभुवननगरका उपाध्यक्ष जेसी दिनेशराज श्रेष्ठको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण बर्ष २०२१ का महासचिव जेसी टंक रावत अनन्तले गर्नभएको थियो ।