देवचुली जेसीजले दलदलेमा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
देवचुली उद्योग बाणिज्य संघका अध्यक्ष रेशम सापकोटाको प्रमुख आतिथ्यता तथा देवचुली जेसीजका अध्यक्ष जेसी निलकण्ठ पोखरेलको अध्यक्षतामा चैत १६ गते कार्यक्रम भएको थियो । कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि सापकोटाले कोरोनाको कहर बढेको बेलामा पनि सुरक्षित तबरले सामाजिक दुरी कायम गरि संभावका रुपमा मनाइएको होली अन्य संस्थाले आयोजना गरेको भन्दा फरक भएकोले प्रशंशा गर्नुभयो । होली सगै कारोनाबाट कसरी सुरक्षित रहन सकिन्छ र दोस्रो प्रकोप आउन नदिन कसरी सजक रहने भनेर देवचुली प्राथमिक स्वास्थ्य चौकिका स्वास्थ्यकर्मी गणेश न्यौपानेले जानकारी दिनुभएको थियो ।