बाह्रदशी जेसीजले यसरी मनाए होली

2021-03-29

बाह्रदशी, १६ चैत । प्रस्तावित बाह्रदशी जेसीजले सोमबार होली (फागु) पर्वको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

यस वर्षको होली पर्व पनि कोरोना संक्रमण त्रासबाट मुक्त नभएपछि जेसीजले घर घरमा पुगेर शुभकामना आदान प्रदान सम्पन्न गरेको हो ।

ठूलो भेला नगरी बाह्रदशी गाउँपालिकाका अध्यक्ष/ उपाध्यक्ष/ वडाध्यक्ष, विद्यालयका प्राध्यापक, राजनैतिक व्यक्तित्व, कार्यालय प्रमुख लगायत स्थानीय रहेकै स्थानमा गइ नेपालीको साझा पर्व होलीको अवसरमा शुभकामना आदन प्रदान गरिएको कार्यक्रम संयोजक तथा बाह्रदशी जेसीजका का.का. उपाध्यक्ष टंकबहादुर कार्कीले जानकारी दिएका छन् ।

JCI News Archive