होली मिलन कार्यक्रम

2021-03-30

होली मिलन कार्यक्रम

२०७७ चैत्र १६, दाङ । जेसीआई त्रिभुवननगरको आयोजनामा बर्ष २०२१ को होली मिलन कार्यक्रम सम्पन्न भएको छ । जेसीआई त्रिभुववननगर बर्ष २०२१ का अध्यक्ष जेसी मुकेश्वर शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जेसीजसाथीहरु बीच होली रंगसहित शुभकामना आदान प्रदान गरिएको थियो । कार्यक्रममा जेसीआई त्रिभुवननगरका पूर्व अध्यक्षहरु जेसी कुमारराज श्रेष्ठ, जेसी सुशील प्रकाश आचार्य, जेसी धर्मेन्द्र श्रेष्ठ, जेसी विमल श्रेष्ठ, जेसी दीपक शर्मा र जेसी वसन्तराज अधिकारीको सहभागिता रहेको थियो भने बर्ष २०२१ का बोर्ड र साधारण सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रम संयाेजक जेसी याेगश पन्तकाे स्वागत मन्तव्यबाट शुरु भएकाे कार्यक्रमकाे सहजीकरण जेसी टंक बहादुर रावतले गर्नुभएकाे थियाे । 

JCI News Archive