निरुपित राष्ट्रिय उपाध्यक्ष को शुद्धोधन जेसिज शाखा भ्रमण सम्पन्न

2021-03-31

नेपाल जेसिज बर्ष २०२१ का उपाध्यक्ष कल्पना पाण्डेले मिति २०७७/१२/१६ मा  शुद्दाेधन जेसिजकाे शाखा भ्रमण गर्नुभएको छ ।

नेपाल जेसिजकाे एरिया डि अन्तर्गत पर्ने शाखाहरुका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष पाण्डेलाई शाखा भ्रमणका क्रममा शुद्दाेधन जेसिज द्वारा स्वागत तथा सम्मान गरेकाे छ । स्वागत कार्यक्रममा बाेल्नुहुँदै उपाध्यक्ष पाण्डेले जेसिजले नेतृत्व बिकासमा महत्त्वपूर्ण याेगदान गरेकाे भन्दै अाफुलाई झुसिलकिरा बाट पुतली बनाएकाे बताउनुभयो । जेसिजले संघर्ष र समय व्यवस्थापन गर्न सिकाएकाेले जेसिजकाे नेतृत्वमा अाफु पुग्न सकेकाे भन्दै नेपाल जेसिजले युवाहरुकाे नेतृत्व, व्यक्तित्व र व्यवसायकाे बिकासका कार्यक्रम हरु प्राथमिकतामा राखेकाे बताउनु भयाे । जेसिजकाे कार्यक्रम फ्रेमवर्क र व्यक्तिगत, अन्तर्राष्ट्रिय, बिजनेस र कम्युनिटि सेक्टर अन्तर्गतका कार्यक्रमले युवाहरुकाे अाकर्षण गरेकाे बिचार व्यक्त गर्नुभयाे ।

कार्यक्रम शुद्दाेधन जेसिज बर्ष २०२१ का अध्यक्ष जेसि रामजि पाैड्यालले शुद्दाेधन जेसिजले यश बर्ष अायाेजना गरेका र भावि कार्यक्रम प्रस्तुत गर्दै शुद्दाेधन जेसिज लेे भवन शिलन्याास तयारिमा  रहेकाे बताउनुभयो । शुद्दाेधन जेसिजले ग्रामिण क्षेत्रका युवाहरुकाे व्यक्तित्व र नेतृत्व बिकासकाे सारथि बनाउने अभियान जारी रहेकाे भन्दै नेपाल जेसिजकाे पुर्ण साथ र सहयाेगका लागि अुनराेध समेत गर्नुभयाे । कार्यक्रममा शुद्दाेधन जेसिजका कार्यकारिणी उपाध्यक्ष जेसि मुकेश कुँवरकाे स्वागत र महासचिव जेसि रुपा पराजुलीकाे संचालन सम्पन्न भएकाे थियाे।
JCI News Archive