"वालिङ जेसीजले नववर्ष २०७८ काे अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमाेचन कार्यक्रम सम्पन्न गरेको छ"

2021-04-13

वालिङ जेसीजले नववर्ष २०७८ को पावन अवसर पारेर शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।https://himdut.com/2021/04/13/%e0%a4%b5%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%99-%e0%a4%9c%e0%a5%87%e0%a4%b8%e0%a5%80%e0%a4%9c%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%b5%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a5%a8%e0%a5%a6%e0%a5%ad/?fbclid=IwAR1qPQIdqWjS3HSDp73hLA5TirDv_Sk1cS03lqba1m6qgdJKzl6hC-xheTQ
क्यालेन्डर विमोचन गर्दै प्रमुख अतिथि वालिङ नगरपालिका का उपप्रमुख तथा वालिङ जेसीजका मानार्थ सदस्य जेसी कल्पना तिवारीले वालिङ नगरपालिका र वालिङ जेसीज विचकाे सहकार्य सदैव हुनेछ भन्दै नववर्षकाे शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा वालिङ जेसीज वर्ष २०१२ का अध्यक्ष जेसी दिपक लम्सालले वालिङ जेसीजले हालसम्म गरेका गतिविधिहरू उत्कृष्ट रहेको र आगामी दिनमा पनि वालिङ शाखा नेपाल जेसीजको अभिन्न शाखा हुनेछ भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा वालिङ जेसीजका निवर्तमान अध्यक्ष जेसी हाेमकान्त गौतम लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने पूर्व अध्यक्षहरु जेसी देव बोगटी,जेसी प्रदिप कोइराला,जेसी शान्ता थापा लगायतको उपस्थिति रहेको थियो ।
वालिङ जेसीजका अध्यक्ष जेसी विश्वास लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेसीज   आस्थापाठको अगुवाई सह- काेषाध्यक्ष जेसी रामु सुवेदी,जेसीआइ मिसन र भिजन वाचन शुक्रवासरीय प्रवचनमाला संयोजक जेसी मिना रेग्मिले गर्नुभएको थियो भने स्वागत मन्तव्य अन्तर जेसीज संयोजक जेसी सुदिप अर्यालले गर्नुभएको थियो ।
क्यालेन्डर प्रकाशन समितिका संयोजक तथा अध्यक्षीय सल्लाहकार जेसी धुर्व पङ्गेनी द्वारा धन्यवाद ज्ञापन गरिएको कार्यक्रमको संचालन वालिङ जेसीजका महासचिव जेसी यज्ञ पुरुष रिजालले गर्नुभएको थियो ।

JCI News Archive