२०७७ वैशाख २, दाङ । जेसीआई त्रिभुवननगर बर्ष २०२१ को जेसीज सप्ताहको दोस्रो दिनको कार्यक्रम घोराही उ.म.न.पा–१८ मा अवस्थित शवदाह स्थल सरसफाई तथा जेसीज मार्ग सरसफाई कार्यक्रम गरी सम्पन्न भएको छ । कार्यक्रम बर्ष २०२१ का अध्यक्ष जेसी मुकेश्वर शर्माको अध्यक्षतामा एवं घोराही उ.म.न.पा.–१८ का अध्यक्ष भरत अर्यालको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । बर्ष २०२१का कार्यकारिणी उपाध्यक्ष तथा जेसीज सप्ताह मूल संयोजक जेसी कुल बहादुर वलीले सप्ताहका बारेमा जानकारी दिनुभएको कार्यक्रममा आस्थापाठ जेसी प्रेमलाल न्यौपाने तथा स्वागत मन्तव्य कार्यक्रम संयोजक जेसी महेश गुप्ताले गर्नुभएको थियो । शवदाह व्यवस्थापन समितिका अध्यक्ष खुसल सुवेदीको सहभागितामा सम्पन्न उक्त शवदाह स्थल सरसफाई कार्यक्रम लगत्तै जेसीआई त्रिभुवननगरले द लोटस ट्रेनिङ सेन्टरको सहयोगमा जेसीजमार्ग समेत सरसफाई गरेको छ । कार्यक्रममा प्रमुख अतिथि भरत अर्यालले जेसीजले विगत देखि हालसम्म दाङका युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकास तथा सामाजिक कार्यमा गरेको तदारुपताको उच्च प्रशंसा गर्नुभएको थियो साथै उहाँले जेसीजले युवासँगै बालबालिका र वातावरणमा टेवा पुग्ने थप कार्य गर्न सुझाव दिँदै आवश्यक सहयोग घोराही उप–महानगरपालिकाबाट दिने समेत प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण महासचिव जेसी टंक रावत (अनन्त)ले गर्नुभएको थियो ।