ट्राफिक सचेतामूलक कार्यक्रम

2021-04-16

जेसीज सप्ताह २०२१
ट्राफिक सचेतनामूलक कार्यक्रम
२०७७ वैशाख ३, दाङ । जेसीआई त्रिभुवननगर बर्ष २०२१ को जेसीज सप्ताहको तेस्रो दिनको कार्यक्रम घोराही उ.म.न.पा–१५ मा तुलसीपुर चोकमा डिजिटल डिस्प्ले राखी ट्राफिक सचेतनामूलक कार्यक्रम बर्ष २०२१ का अध्यक्ष जेसी मुकेश्वर शर्माको अध्यक्षतामा एवं दाङ जिल्ला ट्राफिक प्रहरी प्रमुख थम्मन जि.सी.को प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । बर्ष २०२१का कार्यकारिणी उपाध्यक्ष तथा जेसीज सप्ताह मूल संयोजक जेसी कुल बहादुर वलीले सप्ताहका बारेमा जानकारी दिनुभएको कार्यक्रममा आस्थापाठ जेसी श्याम कुमार गिरी तथा स्वागत मन्तव्य कार्यक्रम संयोजक जेसी योगेश पन्तले गर्नुभएको थियो । कार्यक्रममा बढ्दो सवारी दुर्घटना तथा ट्राफिक अज्ञानतालाई मध्य नजर गर्दै चोकमा डिजिटल डिस्प्ले राखी ट्राफिक सचेतना अभिबृद्ध गर्ने कार्य गरेकोमा प्रमुख अतिथि ट्राफिक प्रहरी प्रमख थम्मन जि.सी.ले जेसीआई त्रिभुवननगरले धन्यवाद प्रकट गर्नुभएको थियो । साथै सामाजिक क्रियाकलाप अन्तर्गत जेसीजले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा दाङ महिला जेसीजकी कार्यवाहक अध्यक्ष जेसी संगीता गिरी, दाङ महिला जेसीजकी पूर्व अध्यक्ष जेसी सुशीला पौडेल, त्रिभुवननगर जेसीजका पूर्व अध्यक्ष जेसी दीपक शर्माको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण बर्ष २०२१ का महासचिव जेसी टंक रावत (अनन्त)ले गर्नुभएको थियो ।


JCI News Archive