नगरकोटमा जेसिजको क्षेत्र ‘ग’ सम्मेलन

2021-04-28

काभ्रेपलाञ्चोक / नेपाल जेसिजको आयोजनामा नाल्दुम नगरकोट जेसिजको आतित्थ्यतामा वर्ष २०२१ क्षेत्र ‘ग’ का अध्यक्षहरुको बैठक काभ्रेको नगरकोटमा जारी छ ।

नाल्दुम नगरकोटका अध्यक्ष वर्ष २०२१ का अध्यक्ष आशा देवान श्रेष्ठको अध्यक्षतामा बैठक भैरहेको महासचिव धनपति दाहाल ले जानकारी दिुनभयो । बैठकमा विभिन्न शाखामा भएका कृयाकलापको समिक्षा तथा आगामि रणनितिको बारेमा छलफल हुने नेपाल जेसिजका क्षेत्र ‘ग’ का तालिम संयोजक तथा नाल्दुम नगरकोट जेसिजका पूर्व अध्यक्ष अमित कुमार कर्माचार्यले जानकारी दिनुभयो ।

कार्यक्रममा काभ्रे जेसिजका पूर्व अध्यक्ष तथा नेपाल जेसिजका राष्ट्रिय महासचिव सिनेटर विकास मानन्धरले कोरोनाको कहरमा पनि सुरक्षीत तवरले बैठक आयोजना गरिएको र बैठक बाट फर्किएपछि क्षेत्र ‘ग’ मा रहेका ३५ शाखाले आफ्नो ठाउँमा चेतना मुलक र नेतृत्वदायी भुमिका खेल्न अझ महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो ।

नगरकोट नाल्दुम पर्यटन बोर्डका अध्यक्ष नविन गुरुङले नगरकोटको पर्यटन विकासका लागि नाल्दुम नगरकोट जेसिजले खेलको भुमिकाको मुक्तकण्ठले प्रशंशा गर्नु भयो ।


JCI News Archive