बुधबारे जेसीजको ‘मेरो पनि योगदान छ’ अभियानमा दुई युवाद्वारा सहयोग

2021-05-05

स्रोत -https://aamsanchar.com/2021/05/05/123441/

आमसंचार ,बैशाख २२, २०७८

आफ्नै सचिवालय भवन निर्माणका लागि बुधबारे जेसीजले सुरु गरेको ‘मेरो पनि योगदान छ’ अभियानमा सहयोग जुट्न थालेको छ । बुद्धशान्ति– २ का युवा व्यवसायी सुजन भण्डारी र शिशिर श्रेष्ठले १ हजार ५ सय ईटा सहयोग गर्ने घोषणा गरेका छन् । युवाहरुको विश्वव्यापी संस्था जेसीजको भवन बन्ने

भएपछि आफूहरुले सहयोगको घोषणा गरेको सहयोगी

भण्डारीले बताएका छन् ।

बुधबारे जेसीजको सचिवालय भवनको एक कार्यक्रमको आयोजना गरी बैशाख १६ गते शिलान्यास गरिएको थियो । ५० लाख रुपैँयाको अनुमानित लागतमा निर्माण सम्पन्न हुने तीनतले भवन निर्माणका बुद्धशान्ति – १ का शिक्षासेवी ज्ञानेन्द्रप्रसाद धिमिरेको परिवारले बुद्धशान्ति– १ को नमुना चोकमा १० धुर जग्गा निशुल्क प्रदान गरेको थियो । सोहि ठाउँमा भवन बन्न लागेको हो ।

बुधबारे जेसीजले भवन निर्माण कार्य पूरा गर्न ‘मेरो पनि योगदान छ’ कार्यक्रम ल्याएपछि भवन निर्माणका लागि सहयोगी हातहरु अधि बढ्न थालेका छन् । भवन सबैको साझा हुने हुँदा ‘मेरो पनि योगदान छ’ कार्यक्रम अनुसार सबैको अपनत्व हुने गरी भवन निर्माण कार्य सम्पन्न गरिने बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बताएका छन् । सबैलाई भवन निर्माणमा सहयोग गर्न बुधबारे जेसीजले अपील समेत गरेको छ ।


JCI News Archive