आज मिति २०७८ साल बैशाख २७ गते साेमबार वालिङ जेसीजकाे दाेस्राे बाेर्ड बैठक अनलाइन जुम एप्लिकेसन मार्फत केही महत्त्वपूर्ण निर्णयहरू गर्दै सु-सम्पन्न भएको छ । कार्यक्रमकाे अध्यक्षता वालिङ जेसीजका अध्यक्ष जेसी विश्वास लम्सालले गर्नुभएको थियो भने जेसीज आस्थापाठकाे अगुवाइ सह- काेषाध्यक्ष जेसी रामु सुवेदी , जेसीआई मिसन- भिजन वाचन तालिम आयुक्त जेसी खेम चापागाईंले गर्नुभएको थियोे भने स्वागत मन्तव्य उपाध्यक्ष जेसी निर्भिक नारायण भुर्तेलले गर्नुभएको थियो । त्यसैगरी कानुनी सल्लाहकार जेसी अशोक तिवारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव जेसी यज्ञ पुरूष रिजालले गर्नुभएको थियो । उक्त बाेर्ड बैठकबाट नियुक्त हुनुभएका संयाेजकहरूकाे नामावली निम्नानुसार रहेको छ: १)जेसीज धारा निर्माण संयाेजक= जेसी अशोक तिवारी ( कानुनी सल्लाहकार ) २) जेसीज पार्क निर्माण संयाेजक= जेसी सुदिप अर्याल ( अन्तर जेसीज संयाेजक) ३) अनलाइन तालिम संयाेजक= जेसी यज्ञ पुरूष रिजाल ४) राहत वितरण संयाेजक = जेसी शंकर सुवेदी ( शाखा सम्पादक )