वालिङ जेसीजकाे " An Interaction with Past Presidents" कार्यक्रम सम्पन्न

2021-05-11

https://www.facebook.com/jci.waling/posts/160731966004234http:// वालिङ जेसीजले " पूर्व अध्यक्षहरू सँगै अन्तक्रिर्या " कार्यक्रम सम्पन्न गरेको  छ । मिति २०७८ साल बैशाख २८ गते सम्पन्न साे कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व वालिङ जेसीजका संस्थापक अध्यक्ष जेसी लक्ष्मीप्रसाद रेग्मी रहनुभएकाे थियो भने वालिङ जेसीजका अध्यक्ष जेसी विश्वास लम्सालले कार्यक्रमकाे अध्यक्षता गर्नुभएको थियो । काेभिड १९ काे महामारीकाे कारण दिवंगत हुनुभएकी वालिङ जेसीज वर्ष २०२१ का उपाध्यक्ष जेसी गणेश राउतकाे माता तथा सम्पूर्ण दिवंगत आत्माकाे चिर शान्तिकाे लागि श्रद्धाञ्जली अर्पण गर्दै माैन धारण पश्चात् सुरु गरिएको कार्यक्रममा जेसीज आस्थापाठकाे अगुवाइ वालिङ जेसीजकी सचिव जेसी राधा पंगेनी ले गर्नुभएको थियोे भने जेसीआई मिसन र भिजन वाचन सह-काेषाध्यक्ष जेसी रामु सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा पूर्व अध्यक्षहरू जेसी यज्ञ प्रसाद अधिकारी, जेसी रेखा थापा, जेसी प्रदिप काेइराला, जेसी शान्ता थापा , जेसी यम प्रसाद अधिकारी( लक्ष्मण) लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे । " Interaction with Past Presidents" अन्तर्गत परिचयात्मक तथा प्रश्नाेत्तर सेसनमा भावी याेजनाबारे छलफल भएको थियो भने अबको चुनाैतीलाई अवसरमा बदल्नु पर्नेेमा पूर्व अध्यक्षहरूकाे जाेड रहेको थियो । वालिङ जेसीजका तालिम आयुक्त जेसी खेम चापागाईंले कार्यक्रमबारे प्रकाश पार्नुभएकाे थियो भने निवर्तमान अध्यक्ष जेसी हाेमकान्त गाैतमले धन्यवाद ज्ञापन तथा वालिङ जेसीजका महासचिव जेसी यज्ञ पुरूष रिजालले कार्यक्रम सञ्चालन गर्नुभएको थियोे ।

JCI News Archive