बागलुङ जेसीजको ४३ औं पदस्थापन तथा पुरस्कार वितरण समारोह यहि मिति १६ माघ २०७७ शनिबार (तदअनुसार द्दढतजव्बल द्दण्द्दज्ञ )मा होटल दि राजनको सभाहलमा सम्पन्न भएको थियो । बागलुङ जेसीज वर्ष २०१९ का शाखा अध्यक्ष जेसी सुरेन्द्र शाक्यको सभापतित्वमा जिल्ला प्रशासन कार्यालय वाग्लुङ का प्रमुख जिल्ला अधिकारी श्री सुरेश न्यौपाने ज्यूको प्रमूख आतिथ्यतामा सम्पन्न भएको उक्त पदस्थापन कार्यक्रममा बागलुङ जेसीज वर्ष २०२० का उपाध्यक्ष जेसी एन्जीला श्रेष्ठ को आस्थापाठ तथा कार्यकारिणी उपाध्यक्ष जेसी रामचन्द्र गौतम ज्यूले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । ४३ औं पदस्थापना तथा पुरस्कार वितरण समारोहको शुभारम्भ जिल्ला प्रसाशन कार्यालय वाग्लुङ का प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने ज्यूले पानसमा दीप प्रज्जवलन गरी उद्घाटन गर्नुभएको थियो ।
वर्ष २०२० का महासचिब जेसी आनन्द प्रसाद रेग्मी ज्यू ले संचालन गर्नुभएको सो कार्यक्रममा वर्ष २०२० का अध्यक्ष जेसी सुरेन्द्र शाक्य ज्यूले अध्यक्षीय अन्तिम मन्तब्य सहित उहाँको कार्यकालमा सहयोग एंव योगदान पु¥याउनु भएका विभिन्न सदस्य, पदाधिकारी तथा पूर्व अध्यक्ष ज्युहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।उक्त कार्यक्रममा बागलुङ जेसीज वर्ष २०२० को अवार्डहरु पनि वितरण गरिएको थियो । जस अनुसार
१. उत्कृष्ट जेसीज २०२० ः जेसी आनन्द प्रसाद रेग्मी
२. उत्कृष्ट योजना २०२० ः जेसी शौरभ श्रेष्ठ
३. सर्वाधिक उपस्थिति २०२०ः जेसी विन्दा कार्की सोनि
४. सर्वाधिक संलग्नता २०२०ः जेसी सुराज शाक्य
५. पुर्णतारा अवार्ड २०२० ः पूर्व अध्यक्ष जेसी रमेश कुमार राजभण्डारी
७. हरी लक्ष्मिनारायण अवार्ड २०२०ः जेसी सुरेन्द्र शाक्य
प्रथम चरणको पुरस्कार बितरण कार्यक्रम पश्चात बर्ष २०२० का लिडर्स अध्यक्ष एवं निर्वाचन आयुक्त जेसी सुदिप राजभण्डारी ज्यूले निर्बाचनको परीणाम घोषणा संगै उक्त कार्यक्रममा वर्ष २०२० का अध्यक्ष जेसी सुरेन्द्र शाक्यले वर्ष २०२१ का नव निर्वाचित अध्यक्ष जेसी आनन्द प्रसाद रेग्मी लाई अध्यक्ष पदको शपथ ग्रहण गराउनु भएको थियो । शपथ ग्रहण गराए पश्च्यात वर्ष २०२०का अध्यक्षको गलाबाट वर्ष २०२१ का नवनिर्वाचित अध्यक्षको गलामा पूर्वअध्यक्षहरुले अध्यक्षीय माला पहिराउनु भएको थियो । लगतै नवनिर्वाचित अध्यक्ष जेसी आनन्द प्रसाद रेग्मीले आÏनो बिजयी मन्तब्य सहित वर्ष २०२१ का निर्वाचित तथा मनोनित पदहरुको घोषणा तथा पदाधिकारी ज्युहरुलाई शपथ ग्रहण गराउनु भएको थियो । शपथ ग्रहण गराए पश्च्यात वर्ष २०२१का महासचिव जेसी प्रकाश आचार्यले दोस्रो चरणको कार्यक्रमहरु प्रारम्भ गर्नुभएको थियो । ४३ औं पदस्थापना तथा पुरस्कार वितरण समारोहमा नेपाल जेसीजका पुर्ब राष्ट्रिय अध्यक्ष जेसी धनन्जय कुमार श्रेष्ठ, बिशिष्ठ अतिथी उपभोतmा मन्च बागलुङका अध्यक्ष शैलेन्द« कुमार श्रेष्ठ, रेडक्रस सोसाइटी बागलुङका सभापति जब्बर बहादुर लामिछाने, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीष लगायतका अतिथि ज्यूहरुले शुभकामना मन्तब्य राख्नुभएको थियो । साथै सो कार्यक्रममा छिमेकी शाखाबाट अतिथिको आतिथ्यता गर्नुभएका, पर्वत जेसीज, म्याग्दी जेसीज का शाखा अध्यक्षज्यूहरुले पनि शुभकामना मन्तब्य राख्नुभएको थियो । । शुभकामना मन्तब्य पश्च्यात वर्ष २०२१ का अध्यक्ष जेसी आनन्द प्रसाद रेग्मीले निमन्त्रणा गरिएका अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । यस पछि कार्यक्रमका प्रमूख आर्कषण जिल्ला प्रशासन कार्यालय बागलुङ का प्रमुख जिल्ला अधिकारी श्री सुरेश न्यौपाने ज्यूले आÏनो मन्तब्य राख्नुभएको थियो । अन्त्यमा प्रमूख अतिथिलाई मायाको चिनो प्रदान गरी आÏनो पहिलो अध्यक्षीय मन्तब्य सहित बर्ष २०२१ का अध्यक्ष जेसी आनन्द प्रसाद रेग्मी ज्युले कार्यक्रमको समापन गर्नुभएको थियो ।