५
जेष्ठ
२०७८ । जेआई त्रिभुवननगरले जिल्लामा अक्सिजनको चरम अभाव भए पश्चात ५५ थान सिलिण्डर अक्सिजन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उपलब्ध गराएको छ । काेभिड १९ का विरामीहरुकाे चाप अस्पतालमा निरन्तर बढ्न थालेपछि विरामीका लागि अक्सिजनकाे चरम अभाव सिर्जना भएकाे छ । काेभिड–१९ इमरजेन्सी रिलिफ फण्ड मार्फत कोभिड विरामीहरुका लागि अक्सिजन उपलब्ध गराइएको हो । सिलिण्डर अक्सिजन जेसीआई त्रिभुवननगरका अध्यक्ष जेसी मुकेश्वर शर्माले एक कार्यक्रमका बीच राप्ती विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गर्नुभएकाे हाे ।