लालबन्दी जेसीज द्धारा स्वास्थ्य सामाग्री वितरण कार्यक्रम

2021-05-18

सर्लाहीको लालबन्दी नगरपालिका ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई लालबन्दी जेसीजले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९) का संक्रमितहरुलाई उपचार गर्ने अक्सीजन सहितको अस्थायी कोभिड अस्पताल समेत सञ्चालनमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामाग्रीहरु मास्क,स्यानिटाईजर,ग्लोब्स,फेस सिल्ड र पिपिई सेट लगायतका सामान्य स्वास्थ्य सामाग्रीहरुको अभाव रहेको भन्ने थाहा पाएपछि आफुहरुले प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीलाई  मास्क,स्यानिटाईजर र फेस सिल्ड लगायतका स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको हाे ।  लालबन्दी जेसीजका अध्यक्ष श्याम खड्काले  एक हजार थान मास्क, ५० थान फेस सिल्ड र २० लिटर स्यानिट्राइजर लालबन्दी नगरपालिका ९ का वडा अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका व्यावस्थापन समिति अध्यक्ष गोपाल घिमिरे मार्फत प्राथमिक केन्द्र लालबन्दीलाई हस्तान्तरण गरिएको हो । प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख डा.प्रगती राणाले लालबन्दी जेसीजलाइ धन्यवाद दिदै आगामी दिनमा पनि निरन्तर सहयोग पाउनेमा आफु विश्वस्त रहेको बताउनु भयो ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा लालबन्दी नगरपालिका ९ का वडा अध्यक्ष घिमिरे,प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका निमित्त प्रमुख डा.प्रगती राणा , लालबन्दी जेसीजका संस्थापक अध्यक्ष किरण घिमिरे,  महासिचव जेसी राजकुमार सिह , लालबन्दी जेसीज वष २०२१ का वाेडका पदाधिकारीहरू  स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरु लगायतको उपस्थिती रहेको थियाे ।


JCI News Archive