जेसीआई त्रिभुवनगरद्वारा सञ्चालित कोभिड पोजेटिभ विरामीका निःशुल्क औषधि वितरण कार्यक्रमको तेश्रो दिन घोराही उप–महानगरपालिका वडा नं. ३ र ७ मा जेसीआई त्रिभुवननगर बर्ष २०२१का अध्यक्ष जेसी मुकेश्वर शर्माको अगुवाईमा औषधि वितरण गरी सम्पन्न गरिएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. ३ मा कोभिड पोजेटिभ ३५ घरधुरीलाई घरमै पुगेर औषधि वितरण गरिएको हो । वडा अध्यक्ष माधव चौधरी र सहरी स्वास्थ्य केन्द्र झिङ्नीका प्रमुख शैलेन्द गिरीको उपस्थितिमा स्वाथ्यकर्मीको सिफारिस अनुसार विरामीको लक्षण अनुसार औषधि वितरण गरिएको हो ।
त्यसैगरी घोराही उप–महानगरपालिका वडा नं. ७ मा पनि आजै कोभिड पोजेटिभ विरामीका लागि औषधि वितरण गरिएको छ । वडा नं. ७ का अध्यक्ष खोपीराम चौधरी र सहरी स्वास्थ्य केन्द्र सौडियारका प्रमुख कुमार दुलालको उपस्थितिमा स्वास्थ्यकर्मीको सिफारिस अनुसार विरामीका लक्षण अनुसार घरमै पुगेर औषधि वितरण गरिएको हो । साथै जेसीआई त्रिभुवननगरले वडा नं. ३ र ७ मा रहेको सहरी स्वास्थ्य केन्द्रका लागि १–१ थान नेबुलाइजर र अन्य औषधिहरु समेत उपलब्ध गराएको हाे ।
जेसीआई त्रिभुवननगरले मिति २०७८ जेष्ठ १२ गतेदेखि कोभिड विरामीका लागि कोभिड इमरजेन्सी रिलिफ फण्डबाट निःशुल्क औषधि वितरण कार्यक्रम शुरु गरेको हो । हालसम्म घोराही उपमहानगरपालिका वडा नं. ५ र वडा २ मा यसअघि नै औषधि तथा स्वास्थ्य चौकीका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेको छ ।