कोरोना संक्रमितको उपचारको लागि
कपिलवस्तुको बाणगंगा नगरपालिकामा कपिलवस्तु जेसिजको संयोजकत्वमा संयुक्त रक्तदान
कार्यक्रम सम्पन्न गरेको छ । कपिलवस्तु जेसिजको भवन बैरीयामा भएको रक्तदानबाट ५१
युनिट रगत संकलन भएको हो ।
नेपाल रेड्क्रस सोसाईटी गजेहडा शाखा र रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान , रगत अभावमा कुनै संक्रमितको ज्यान नजाओस् भनेर जेसिजको मूल मन्त्र मानवताको सेवा नै जीवनको
सर्वोत्तम कार्य हो भन्ने कुरा बाट
अभिप्रेरित भइ , कोरोना महामारीको
समयमा अस्पतालहरुमा रगतको अभाव भएको साथै कोविड- १९ संक्रमितहरुले रगत को
अभाव भोग्नु नपरोस भनेर
आयोजना गरिएको हो , महामारीको
परिस्थितिलाई मध्यनजर गर्दै सम्पुर्ण स्वास्थ
मापदण्ड पालना गरि रक्तदान
गरिएको थियो। कार्यक्रम कपिलवस्तु जेसिजको संयोजकत्वमा संयुक्त रुपमा लाइन्स क्लब अफ कपिलवस्तु, लाइन्स क्लब अफ बाणगंगाले
संयुक्त
रुपमा
आयोजना गेरको हो ।
कार्यक्रम संयोजन कार्यकारीणी उपाध्यक्ष
जेसी प्रविन पौडेल
संचालन तथा
अध्यक्षता
क्रमशः महासचिव जेसी
अमृत घिमिरे
रअध्यक्ष
जेसी भिमकान्त भट्टराई ले
गर्नु भएको थियो