त्रिभुवननगर जेसीजद्वारा घोराही उपमहानगरपालिका वडा नं. १७का कोभिड पोजेटिभ विरामीका लागि निःशुल्क औषधि वितरण

2021-05-30

त्रिभुवननगर जेसीजद्वारा वडा नं. १७ मा कोभिड पोजेटिभ विरामीका लागि निःशुल्क औषधि वितरण

२०७८ जेष्ठ १६ । जेसीआई त्रिभुवनगरद्वारा सञ्चालित कोभिड पोजेटिभ विरामीका निःशुल्क औषधि वितरण कार्यक्रमको चौथो दिन २०७८ जेष्ठ १६ गते घोराही उप–महानगरपालिका वडा नं. १७ मा जेसीआई त्रिभुवननगर बर्ष २०२१का अध्यक्ष जेसी मुकेश्वर शर्माको अगुवाईमा औषधि वितरण गरी सम्पन्न गरिएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १७ मा कोभिड पोजेटिभ २६ घरधुरीलाई घरमै पुगेर औषधि वितरण गरिएको हो । वडा अध्यक्ष खुशीराम चौधरी र सहरी स्वास्थ्य केन्द्र वडा नं. १७का प्रमुख वेदप्रसाद लम्सालको उपस्थितिमा स्वाथ्यकर्मीको सिफारिस अनुसार विरामीको लक्षण अनुसार औषधि वितरण गरिएको हो ।

जेसीआई त्रिभुवननगरले मिति २०७८ जेष्ठ १२ गतेदेखि कोभिड विरामीका लागि कोभिड इमरजेन्सी रिलिफ फण्डबाट निःशुल्क औषधि वितरण कार्यक्रम शुरु गरेको हो । हालसम्म घोराही उपमहानगरपालिका वडा नं. ५, २, ३, र ७ मा यसअघि नै औषधि तथा स्वास्थ्य चौकीका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेको छ ।

JCI News Archive