नवलपरासी, ५ जेठ ।
जेसीआई रामनगर वर्ष २०२१ ले सुनवल नगरपालिकाले निर्माण गरेको अस्थायी कोरोना अस्पताल (आइसोलेशन सेन्टर) लाई बुधबार १० वटा अक्सिजन सिलिण्डर प्रदान गरेको छ । जेसीआई रामनगर वर्ष २०२१ का अध्यक्ष जेसि देवीकला शर्मा र जेसीआई रामनगरका संस्थापक अध्यक्ष जेसी डोलराज भण्डारीले संयुक्त रुपमा सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापा क्षेत्रीलाई आइसोलेशन सेन्टरमा पुगेर सो अक्सिजन सिलिण्डर प्रदान गरेका हुन् । 
पछिल्लो समय नवलपरासी जिल्लामा पनि अक्सिजन अभावमा कोरोना संक्रमितको मृत्युदर बढ्दै गएपछि संक्रमितको उपचारमा सघाउ हुने उद्देश्यले नगरपालिकालाई अक्सिजन सिलिण्डर उपलब्ध गराएको जेसीआई रामनगरका अध्यक्ष देवीकला शर्माले बताइन् ।