रामनगर जेसीजको पदहस्तान्तरण सम्पन्न l

2021-05-30

पश्चिम नवलपरासीको भूमही क्षेत्रमा क्रियाशील जेसीआई रामनगरको सातौं पद हस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
समारोहमा वर्ष २०२० का अध्यक्ष भोजराज पौडेलले वर्ष २०२१ का लागि निर्वाचित अध्यक्ष देवीकला शर्मालाई जेसीज माला सहित जिम्मेवारी हस्तान्तरण गर्नुभयो ।


कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले युवाहरूलाई उद्यमशील बन्न आग्रह गर्नुभयो । उहाँले जेसीज आस्था र प्रतिवद्धतालाई व्यवहारमा रुपान्तरण गर्न पनि जोड दिनुभयो । जेसीजले समाज र समग्र राष्ट्रको विकासमा योगदान गर्न सक्ने युवा उत्पादन गर्नुपर्ने उहाँको जोड थियोे ।


कार्यक्रममा रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ता,सुनवल(१२ का वडाध्यक्ष यामलाल पाण्डे, नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भोजराज चापागाईं,राष्ट्रिय उपाध्यक्ष विमल ज्ञवाली , रामग्राम जेसीजका अध्यक्ष सन्दिप अग्रहरी,रामनगर जेसीजका संस्थापक अध्यक्ष डोलराज भण्डारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।


रामनगर जेसीजको शाखा अधिवेशनले वर्ष २०२१ का लागि अध्यक्षमा शर्मासहित कार्यकारिणी उपाध्यक्षमा कमल गैरे,कुस्माखर चापागाईं,उपाध्यक्षहरुमा जीवन न्यौपाने ,बसन्त पन्त,झविन्द्र भट्टराई,कला डुम्रे ,सचिवमा तारा सुनार,सहकोषाध्यक्षमा भरत न्यौपानेलाई निर्वाचित गरेको थियो । साथै नवनियुक्त अध्यक्ष शर्माले महासचिवमा भविश्वर चापागाईं,कानुनी सल्लाहकार भोला पराजुली,कोषाध्यक्षमा देवकला खनाललाई नियुक्त गर्नुभएको वर्ष २०२० का महासचिव जयराम बस्यालले बताउनुभयो ।


JCI News Archive