कमलनगर जेसिज द्वारा सुरक्षाकर्मिलाई स्वस्थ्य सामाग्री वितरण

2021-05-31

कमल, जेठ ८ ÷ कमल नगर जेसीजले कोडिभ १९ को विषम परिस्थितीमा अग्रभागमा रहेर कामगर्ने सुरक्षाकर्मिलाई स्वस्थ्य सामाग्री  वितरण गरेको छ ।
कोभिड १९ को संक्रमणलाई फैलिन नदिन र आफ्ना नागरिका लाई स्वस्थ्य राख्नकालागी नेपाल सरकारले निषेधाज्ञा जारि गरेको छ । यस्तो समयमा अग्रभागमा खटिनुहुने कमल गाउँपालिकाका सुरक्षाकर्मिलाई स्वस्थ्य सामाग्री (माक्स, सेनेटाईजर र ग्लोव ) कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेद्वारा हस्तान्तरण गरिएको थियो  । अमेरिकाको पेन्सिल भेनिया स्थित कामना एसियन फुड मार्टका भगिरथ विष्ट र महेश पाण्डे तथा ओरेन्टल मिनी मार्ट चन्द्र विष्टको सहयोग र याम तिम्सिनाको व्यवस्थापन तथा कमल नगर जेसीजको आयोजनामा स्वस्थ्य सामाग्री  वितरण गरिएको हो ।
यस्ता सामागी निशेधाज्ञाका समयमा भनेको बेला उपलब्ध हुदैन यो विषम परिस्थितीको समयमा अग्रभागमा खटिने सुरक्षार्किलाई सहयोग पुन्ने छ । जेसीजले राम्रो कामको थालनि गरेको छ । यस्तो कामका लागी सहयोगि सस्था र कमल नगर जेसीजलाई कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले धन्यवाद दिनुभयो 

JCI News Archive