जेसीआई त्रिभुवनगरद्वारा सञ्चालित कोभिड पोजेटिभ विरामीका निःशुल्क औषधि वितरण कार्यक्रमको पाँचौ दिन २०७८ जेष्ठ १७ गते तुलसीपुर उप–महानगरपालिका वडा नं. १३ मा जेसीआई तुलसीपुर नगरको समन्वय तथा जेसीआई त्रिभुवननगर बर्ष २०२१का अध्यक्ष जेसी मुकेश्वर शर्माको अगुवाईमा औषधि वितरण गरी सम्पन्न गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ मा कोभिड पोजेटिभ १३ घरधुरीलाई घरमै पुगेर औषधि वितरण गरिएको हो । का.वा. वडाध्यक्ष विनोद पाण्डेय र फुलवारी स्वास्थ्य चौकीका प्रमुख दामोदर डाँगीको उपस्थितिमा स्वाथ्यकर्मीको सिफारिस अनुसार विरामीको लक्षण अनुसार औषधि वितरण गरिएको हो ।
जेसीआई त्रिभुवननगरले मिति २०७८ जेष्ठ १२ गतेदेखि कोभिड विरामीका लागि कोभिड इमरजेन्सी रिलिफ फण्डबाट निःशुल्क औषधि वितरण कार्यक्रम शुरु गरेको हो । हालसम्म घोराही उपमहानगरपालिका वडा नं. ५, २, ३, ७ र १७ मा यसअघि नै औषधि तथा स्वास्थ्य चौकीका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेको छ ।