त्रिभुवननगर जेसीजद्वारा घोराही ९ र १०मा कोभिड पोजेटिभ विरामीका लागि निःशुल्क स्वास्थ्य सुरक्षा सामग्री तथा औषधि वितरण

2021-06-01

त्रिभुवननगर जेसीजद्वारा घोराही ९ र १०मा कोभिड पोजेटिभ विरामीका लागि निःशुल्क स्वास्थ्य सुरक्षा सामग्री तथा औषधि वितरण

जेसीआई त्रिभुवनगरद्वारा सञ्चालित कोभिड पोजेटिभ विरामीका निःशुल्क औषधि वितरण कार्यक्रमको छैठौं दिन २०७८ जेष्ठ १८ गते घोराही उप–महानगरपालिका वडा नं. ९ र १० मा जेसीआई त्रिभुवननगरद्वारा निःशुल्क औषधि तथा स्वास्थ्य चौकीका लागि पिपिईलगायत स्वास्थ्य सुरक्षा सामग्री वितरण गरी सम्पन्न गरिएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. ९ र १०, घोराही उप–महानगरपालिकाको स्वास्थ्य शाखा तथा जेसीआई त्रिभुवननगरको सहकार्यमा स्थानीयको एन्टीजेन परीक्षण गरी स्वास्थ्यकर्मीका सिफारिस अनुसार २० जनालाई औषधि तथा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । कार्यक्रममा नारायणपुर स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट गणेश प्रसाद अधिकारी, घोराही उप–महानगरपालिकाको स्वास्थ्य शाखा मार्फत स्वास्थ्य घुम्ति सेवाबाट एचए दुर्गा गोराथोकी, तथ्याङ्क सहयाक दुर्गा चौधरी र ल्याव असिस्टेन्ट सुनिता वि.क.को उपस्थिति रहेको थियो ।

जेसीआई त्रिभुवननगरले मिति २०७८ जेष्ठ १२ गतेदेखि कोभिड विरामीका लागि कोभिड इमरजेन्सी रिलिफ फण्डबाट निःशुल्क औषधि वितरण कार्यक्रम शुरु गरेको हो । हालसम्म घोराही उपमहानगरपालिका वडा नं. ५, २, ३, ७, १७, १९ र तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ मा यसअघि नै औषधि तथा स्वास्थ्य चौकीका लागि स्वास्थ्य सुरक्षा सामग्री र औषधि हस्तान्तरण गरिसकेको छ ।

JCI News Archive