सुत्केरी,गर्भवती र अशक्तहरुको सहारा बन्दै जेसिआई

2021-06-04




व्यासनगर जेसिआई तनहुँ सुत्केरी,गर्भवती र अशक्तहरुको सहारा बन्दै मानवीय सेवामा अहोरात्र खटिदै आएको छ ।
व्यासनगर जेसिआइले दोस्रो लहरको भेरियन्ट सहितको कोरोना कहरका कारण अप्ठ्यरोमा परेका गर्भवति,सुत्केरी,अशक्त तथा दुर्घटनामा परेका व्यक्तिहरुको निशुल्क उद्दार गर्दै आएको हो ।
अस्पतालले सुत्केरी मिति तोकिएको दिन कुनै सवारी नपाउँदा छट्पटाएकी व्यासनगरपालिका–१४ सुखौरा निवासी गर्भवती बिष्णु मगरलाई बुधबार केशवटार स्वास्थ्य चौकीबाट दमौली अस्पतालसम्म पु¥याएर उद्दार गरेको छ ।
लकडाउनका कारण अत्यावश्यक बाहेक अन्य सवारी नचल्दा समस्यामा परेका व्यक्तिहरुलाई घरबाट उद्दार गरी पोखरा र दमौली अस्पताल सम्म पु¥याएर सहयोग गर्दै आएको हो ।
आर्थिक अभावका कारण गाडी रिर्जभ गर्न नसकेर अलपत्र परेका,कोरोना संक्रमित नभएका,गरीब बिपन्न व्यक्तिहरुको उद्दारका लागि खटिदै आइएको जेसिआई व्यासनगरका उपाध्यक्ष पवन पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत शनिबार देखि थालिएको अभियानमा व्यासनगरपालिका र आसपास पालिकाका विभिन्न स्थानबाट व्यक्तिहरुको उद्दार गरी संम्वन्धित स्थानसम्म सुरक्षित पु¥याइएको छ ।
जिल्लाको भानुनगरपालिका–६की गर्भवति सुस्मिता अधिकारी, आँबुखैरेनीगाउँपालिका–१ की युमन नेपाली,व्यासनगरपालिका–१२ दलीमाया थापा,भानुनगरपालिका–५ की बिभामाया सुनार,व्यासनगरपालिका–१२ का बृद्वलाई दमौलीबाट घरसम्म,ऋषिङगाउँपालिका–१ की सुत्केरी मनिषा बराली लगायतको यसअघि उद्दार गरिएको जेसिआईले जनाएको छ ।
विभिन्न सामाजिक संञ्जालहरुमा आपत् विपद्मा परेका व्यक्तिहरुका सम्पर्क नम्बर सहित राखिदिएकोले आवश्यक परेकाले फोन गरेपछि घरमै पुगेर उद्दार गरी संम्बन्धित अस्पतालमा पु¥याउने गरिएको छ ।
केही जेसिजले व्यास नगरपालिका–३ अनसन चौतारीमा रु.तीन लाख ५० हजार खर्च गरेर दमौलीमा सार्वजानिक धारा समेत निर्माण गरिसकेको छ ।
कोभिड संक्रमणका कारण गरिएको निषेधाज्ञा र कोरोनाको संक्रमणका बिरामी बढिरहेको अवस्थामा गर्भवतीले समयमा उपचार पाउन कठिन हुने अवस्था देखिएकोले निशुल्क सेवाको सुरुवात गरिएको जेसिआई व्यास नगरका अध्यक्ष लक्ष्मीभक्त खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगर क्षेत्र तथा आसपासका गर्भवती–सुत्केरी अतिरिक्त अशक्त तथा दुर्घटनामा परेकाको उद्दारका लागि निःशुल्क यातायातको व्यवस्था गरिएको हो ।
समयमा उपचार नपाउँदा मृत्यु भइरहेको छ, सङ्क्रमण बढ्दो स्थिति रहेको छ, अध्यक्ष खनालले भन्नुभयो,‘मान्छेको ज्यान बचाउन र सुरक्षित अवस्थामा अस्पताल पु¥याउनको लागि निस्वार्थ भावनाले सेवा थालेका हौं ।’

JCI News Archive