बाह्रदशी जेसीजले कोरोना संक्रमितलाई सहयोग

2021-06-05

बाह्रदशी । “कि मानवताको सेवा नै जीवनको सर्वाेत्तम कार्य हो” भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै बाह्रदशी जेसीजले विपन्न परिवारका कोरोना संक्रमितलाई पोषणयुक्त खाद्यपदार्थ सहित मास्क, सेनिटाइजर वितरण गरेको छ ।

स्वास्थ्य संयोजक डा. विवेक गौतमको निगरानीमा उक्त सामग्र बाह्रदशीका विपन्न परिवारका कोरोना संक्रमितको घरमा पुर्याउनुका साथै अति विपन्न परिवारमा खाद्यान्न संकट आउन नदिन खाद्यपदार्थ समेत वितरण गरिएको छ । बाह्रदशी गा.पा. भरिका कोरोना संक्रमितहरु मध्ये विपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यले जेसीजका सदस्यहरुबाट आर्थिक संकलन गरी सो सामग्री वितरण गरिएको जनाइएको छ ।





JCI News Archive