विश्व वातावरण दिवसको अवसरमा कमल नगर जेसीजद्वारा वृक्षारोपण

2021-06-06

कमल, जेठ २२÷ विश्व वातावरण दिवसको अवसरमा आज कमल नगर जेसीजको आयोजनामा वृक्षा रोपण गरिएको छ ।
हरेक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा सन् १९७४ देखि मनाउन थालिएको हो । यस वर्ष “ सुरक्षति जीवनकालागी जैविक विविधता” भन्ने नाराका साथ कमल नगर जेसीजले कमल गाउँपािलका वडा नम्वर ३ स्थित श्री शहिद धर्मभक्त माध्यमिक विध्यालयको प्राङ्गणमा वृक्षा रोपण गरिएको थियो ।
विश्व व्यापिरुपमा जलवायु परिवर्तनका कारण आज विभिन्न चुनौतीको समामना गर्नु परेको छ । अव हामि सबै वातावण जोगाउन लाग्नु पर्ने बेला आएको छ । यस्तो अवस्थामा जेसीजले गरेको वृक्षारोणका कारण थोरै भएपनि वातावरण जोगाउनकालागी सहयोग पुग्ने कमल गाउाँपलिकाकी अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो  विरुवा बाट पाईने यस्तो महत्वो पुर्ण अक्सिजन आज जलवायु परिवर्तनका कारण प्राप्तगर्न कठिनाई हुन थालेको छ । जसका कारण देशले समेत भयाभह अवस्था बेहोर्नु परेको छ । सबैले आफू वरिपरि रहेको वातावरण सुधार गर्ने अतिनै आवश्यक छ । वायु, जल एवं भूमि प्रदूषणबाट परिरहेको असर कम गर्न वृक्षारोपण गर्न आवश्यक छ । यसकालागी हामि सबैले खालिरहेको जमिनमा वृक्षारोपण गर्न आवश्यक रहेको कमलनगर जेसीज वर्ष २१ का अध्यक्ष जेसी गोपाल खनाले बताउनु भयो ।



JCI News Archive