भीरकोट जेसीजले सविन श्रेष्ठ बचाउ अभियानवाट संकलित रकम हस्तान्तरण

2021-08-09

भीरकोट, २६ साउन ।
गत वर्ष सवारी दुर्घटना मा परि गम्भीर घाइते भीरकोट नगरपालिका वाड नं ३ बानथोक निवासी सविन श्रेष्ठको उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यवाट भीरकोट जेसीजले सन्चालन गरिएको सविन श्रेष्ठ बचाउ अभियानवाट संकलित रकम सोमवार एक कार्यक्रमको आयोजना गरी विरामी आफैलाई हस्तान्तरण गरिएको छ ।

मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने जेसीज आस्था र विश्वास वोकेर विश्वव्यापी अभियानमा लागेका युवाहरुको संस्था भीरकोट जेसीजले समाजमा आइपरेका समस्या र नागरिकमा परेको पीडामा सहयोगी भइरहेको अवस्थामा भीरकोटकै आफ्नो साथीलाई परेको पीडामा मल्हम लगाउन जेसीजले सामाजिक संजाल र भौतिकरुपमा सविन श्रेष्ठ बचाउ अभियान सन्चालन गरी उनको उपचारमा सहयोग गर्न आर्थिक संकलन अभियान सन्चालन गरिएको भीरकोट जेसीजका अध्यक्ष प्रशुन मगरले जानकारी दिए ।

अभियानवाट संकलित रु ३ लाख ६४ हजार ९ सय २१ रकम भीरकोट नगरपालिका वाड नं ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारीवाट विरामी श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । घाइते श्रेष्ठको गत वर्ष फागुन ११ गते विहान काठमाडौं जानेक्रममा धादिङको चरौंदीमा भएको सवारि दुर्घटनामा परि देब्रे दुट्टा गुमाएका थिए भने, दाहिने खुट्टाले समेत काम गर्न सकेको छैन ।

भीरकोटकै युवा दुर्घटना परी गम्भीर घाइते भएपछि उनको उपचारमा सहयोग पुगोस भनेर सविन श्रेष्ठ बचाउ अभियान सुरु गरेका थिए। उक्त अभियानसंगै देश विदेशमा बस्ने नेपालीहरुले रकम संकलन गरेका थिए ।

सहयोग रकम हस्तान्तरण गर्दै वडा अध्यक्ष अधिकारीले घाइते सविन श्रेष्ठको सिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । उनले समाजमा आइपर्ने हरेक चुनौती संग मानवीय र सामाजिक हिसावले जुध्न भीरकोट जेसीजलाई सदैव सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

वालिङ जेसीजका पूर्व अध्यक्ष समेत रहेका अधिकारीले भीरकोट जेसीजले कोरोना महामारीका वेला विपतमा हामी अभियान सन्चालन गरेर आफूलाई समेत क्रियाशिल वनाएकोमा धन्यवाद समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा भीरकोट जेसीजका अध्यक्ष सल्लाहकार  तथा जेसीज अभियान्ता राजकुमार गुरुङले पनि घाइते श्रेष्ठको स्वास्थ्य लाभको कामना गर्दै आगामी दिनमा पनि उनको जीवन रक्षाका लागि सघाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदिप कोइराला, सुनतला सुपाेरजाेन स्याङजाका अध्यक्ष तारा अर्याल लगाएत भीरकाेट जेसीजका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रम भीरकोट जेसीजका महासचिव कृष्ण अर्यालले सन्चालन गरेका थिए


JCI News Archive