कपिलवस्तु जेसीजद्वारा नगरमै प्रथम मैत्रीपुर्ण डोरितान प्रतियोगिता सम्पन्न

2021-08-17

कपिलवस्तु जेसीजद्वारा संचालित जेसीज सप्ताह अन्तर्गत आज बाणगंगा नगरपालिकामा प्रथम मैत्रीपुर्ण डोरितान प्रतियोगिता सम्पन्न भएको छ । बाणगंगा नगरका बिभिन्न संघ सस्थाको पुरुष तथा महिला टिमको सहभागिता रहेको डोरितान खेल नगरको बुद्ध रंगशालामा सम्पन्न भएको छ प्रतियोगितामा पुरुष तर्फ कपिलवस्तु जेसीज प्रथम, बाणगंगा बैंकर्स क्लब दोस्रो, तथा लायन्स क्लब अफ कपिलबस्तु तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन भने महिला तर्फ बाणगंगा नगरपालिका महिला कर्मचारी समूह प्रथम हुनु भएको छ । कपिलवस्तु जेसिजका अध्यक्ष भिमकांत भट्टराईको अध्यक्षता र कपिलबस्तु जेसीजका पुर्व अध्यक्ष उमानाथ पौडेलको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको थियो । मूल संयोजक प्रविन पौडेलको स्वागत मंतव्य र शंकर अर्याल ले आस्था पाठ गर्नुभएको कार्यक्रम महासचीव अमृत घिमिरेले संचालान गर्नुभएको थियो । डोरितान संघ बाणगंगाका अध्यक्ष हिमलाल भुसाल ले सहजीकरण तथा गर्नुभएको प्रतियोगितामा सहभागी विभिन्न संघ सस्थाका प्रतिनिधिहरु ले खेलाडीहरुको हौसला बढाउनु भएको थियो।

JCI News Archive