नारायणगढ जेसीजको पर्यटन प्रवर्द्धन कार्यक्रम तथा तेस्रो संचालक समितिको बैठक सम्पन्न

2019-03-10

बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित नेपाल सरकारले "नेपाल भ्रमण बर्ष २०२० - जीवनभरको अनुभव" को घोषणा गरेको छ । वास्तवमा देशको आर्थिक समृद्धि र दिगो विकासका लागि पर्यटन प्रवर्द्धन अपरिहार्य नै छ ।  नेपाल सरकारले पर्यटन मार्फत तयार गरेको समृद्धिको बाटोमा युवाहरुले पनि सकारात्मक तथा रचनात्मक सहयोग गर्नु जरुरी रहेको महशुस गर्दै शाखाको यस बर्षको प्रकरण ' समृद्धिको लागि युवा ' अन्तर्गत नेपाल सरकारको कार्यक्रम "नेपाल भ्रमण बर्ष २०२०" लाई प्रवर्द्धन गर्ने उद्देश्यले "पर्यटन प्रवर्द्धन कार्यक्रम तथा तेस्रो संचालक समितिको बैठक" चितवन जिल्लाको पुरानो सदरमुकाम तथा ऐतिहासिक महत्व बोकेको पर्यटकीय किल्ला, उपरदाङ्ग गढी स्थित गढीमा सम्पन्न गरेको छ । सो बैठक पर्यटन प्रवर्द्धनको सकारात्मक सन्देश प्रवाह गर्न सफल हुनेछ भन्ने पूर्ण विश्वास पनि लिएका छौं । सोही बैठकले पर्यटन प्रवर्द्धन कार्यक्रमको निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै बिदेशमा पनि "नेपाल भ्रमण बर्ष २०२०" लाई प्रवर्द्धन गर्ने निर्णय गरेको छ ।

साथै सोही बैठकले दोस्रो जेसीज कप तथा प्रथम महिला भलिबल प्रतियोगिता गर्ने पनि निर्णय गरेको छ । 

शाखा अध्यक्ष जेसी बिकास मान श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पुर्व अध्यक्षज्युहरु श्री सेवन पन्त, श्री सोम काप्री, श्री खेमराज भट्टराई तथा सिनेटर बाबुराम रामदामको उपस्थिति रहेको थियो ।

JCI News Archive