जेसी आई दाङ लेडीको आयोजनामा २०७८ भाद्र ५ गते शनिबार सचिवालय भवनमा बर्ष २०२१ का अध्यक्ष जेसी ममता बिष्ट डाँगी को अध्यक्षता एवम् नेपाल जेसीजका पुर्व उपाध्यक्ष एवम् दाङ लेडी का पुर्व अध्यक्ष जेसी विणा बि.सी को प्रमुख आतिथ्य तथा निर्णायक , पुर्व अध्यक्ष हरु जेसी शुसिला पौडेल र जेसी रेखा शर्मा को निर्णायकको भुमिकामा आफ्नो सम्पूर्ण शाखा पदाधिकारीहरु एवम् साधारण सदस्य हरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यको साथमा बर्ष २०२१को नेपाल जेसीजको प्रकरण Rise to change"Leadership Practices for Human Development बिषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरियो।जसमा प्रथम संगिता रोकाया, द्वितिय बसन्ता भण्डारी र तितृयमा नोमिका चौधरी हुनुभएको थियो। जेसीज आस्थापाठ उपाध्यक्ष जेसी दिलु मल्ल , स्वागत मन्तव्य उपाध्यक्ष एवम् कार्यक्रम संयोजक जेसी अर्चना शर्मा, धन्यवाद मन्तव्य कार्यकारिणी उपाध्यक्ष जेसी संगिता गिरी कार्यक्रम सहजिकरण महासचिव जेसी सुनिता थापा ले गर्नेुभएको थियो।