भेरीगंगाको जेसीज गाउँलाई सौर्यलाईट र खाद्यान्न वितरण

2021-08-23

भेरीगंगा जेसीज बर्ष २०२१ को आयोजना तथा Rotary International District 3292 Rotary Nepal Literacy Mission एवम् रेरि बाँकेको सहयोगमा मिती २०७८ भाद्र ६ गतेका दिन भेरीगंगा नगरपालिका वडा नम्बर १ स्थित धनुबास नमुना जेसीज गाउँका ५६ घरपरिवारलाई सौर्यबत्ति र ३२ घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

 भेरीगंगा जेसीज बर्ष २०२१ का अध्यक्ष रामु सुबेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल जेसीजका पुर्व अध्यक्ष तथा Rotary International District 3292 Rotary Nepal Literacy Mission का DG सन्तोष रिजाल ज्युको प्रमुख आतिथ्यता एवम् रेरि बाँकेका अध्यक्ष पुजित बिक्रम शाहज्युको विशिष्ट आतिथ्यता सम्पन्न भयकोछ । साथै उक्त कार्यक्रममा Rotary International, रेरि बाँकेका अन्य पदाधिकारी एवम भेरीगंगा जेसीजका पदाधिकारी र जेसिज नमुना गाउँका ६० जना भन्दा बढिको उपस्थिति रहेको थियो  । उक्त कार्यक्रम भेरीगंगा जेसीजका महासचिव एवम् वडा न.१ का वडा अध्यक्ष नबराज कार्कीले सन्चालन गर्नु भयको थियो । कार्यक्रम को संयोजन नेपाल जेसिज का पूर्व राष्ट्रिय  कार्यकारिणी उपाध्यक्ष तथा Rotary international District 3292, assistance governor  Rtn तिर्थ  पौडेल ज्युले गर्नु भएको थियो।

JCI News Archive