कपिलवस्तु जेसीजद्वारा जेसीज सप्ताहको समापन

2021-08-24

२०७८भाद्र ५

कपिलवस्तु जेसीजद्वारा संचालित जेसीज सप्ताहको आज एक कार्यक्रमका बीच समापन तथा पुरस्कार बितरण गरिएको छ। बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जेसीज सप्ताह अन्तर्गत भएका विभिन्न कार्यक्रमका बिजेता उपविजेताहरु लाइ पुरस्कार वितरण तथा सम्मान गरिएको थियो। जेसिजका अध्यक्ष भिमकान्त भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कपिलबस्तु जेसिजका पुर्वअध्यक्षहरु यज्ञ प्रसाद भट्टराई तथा अनुराग पाण्डेले जेसीजले गरेका कामको प्रसंसा गर्दै शुभकामा दिनु भएको थियो।

संयोजक मदन पौडेलको स्वागत तथा मूल संयोजक प्रविन पौडेलले जेसीज सप्ताहमा भएका कार्यक्रमहरुको समग्रमा जानकारी गराउनु भएको कार्यक्रममा लायन्स क्लब अफ कपिलबस्तुका अध्यक्ष धातानन्द भुसाल ले जेसीजले आयोजना गरेका कार्यक्रमहरुले यस क्षेत्रका संघसंस्थाबीच मैत्रीपूर्ण, पारस्परिक सम्बन्ध र सहकार्यमा थप टेवा पुर्याएको बताउनुभयो।नगर प्रमुख मंगल प्रसाद थारुले बिगतमा कोभिड १९ को महामारीको बेलामा समेत जेसीजले मानव सेवाको क्षेत्रमा गरेका कामको प्रसंशा गर्नु भएको थियो। महासचीव अमृत घिमिरेले संचालन गर्नुभएको कार्यक्रममा कपिलबस्तु जेसीजका सदस्यहरु , पुर्वअध्यक्षहरु , विभिन्न संघ सस्था तथा बिधालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।पिस हिमालय रिसोर्टमा सम्पन्न कार्यक्रममा कपिलवस्तु जेसीजका अध्यक्ष भिमकान्त भट्टराईले जेसीज सप्ताह सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण संयोजक , पुर्वअध्यक्षहरु प्रति कृतज्ञता व्यक्त गर्नु भएको थियो।

JCI News Archive