गण्डकी प्रदेश मुख्य मन्त्री लगायत बिभिन्न मन्त्रालयमा भेट्घाट तथा शुभकामना

2021-08-27

पोखरा जेसीजले अगस्ट २, २०२१ मा गण्डकी प्रदेशका नव निर्वाचित मुख्य मन्त्री माननीय कृष्णचन्द्र नेपाली पोखरेल ज्यु, अर्थ मन्त्री माननीय रामजी बराल ज्यु तथा कानुन, न्याय, सन्चार तथा प्रदेश सभा मामिला मन्त्री माननीय बिन्दु कुमार थापाज्युलाइ भेटी बधाइ तथा शुभकामना व्यक्त गरेको छ । यसै गरी निम्न अनुसार बिभिन्न मन्त्रालयहरु पनि भ्रमण गरी सम्बन्धित मन्त्रिज्युहरु सँग भेट्घाट गरिएको थियो ।
अगस्ट ८
भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, माननीय कुमार खड्का
शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, माननीय मेखलाल श्रेष्ठ

अगस्ट ११
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, माननीय मधु गुरुङ अधिकारी
पर्यटन, उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्रालय, मानानीय मणिभद्र शर्मा

अगस्ट १२
युवा तथा खेलकुद मन्त्रालय, माननीय राजिव गुरुङ

आम नागरिकको भावना तथा आवश्यकता अनुसार कार्य गर्न, बेथिती, बिशंगती र भ्रष्टाचार निर्मुल पार्न साथै बिकास निर्माणमा सक्रिय रहँदै सुब्यवस्थित राज्य प्रणालीको प्रत्याभुति गराउन समग्र प्रदेश सरकार सक्षम रहोस भन्ने शुभेक्षा सहित मुख्य मन्त्री लगाएत नवनियुक्त सम्पुर्ण प्रदेश मन्त्री मण्डललाई जेसीआई पोखरा परिवारको तर्फबाट हार्दिक
बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको थियो।
युवाहरुको प्रतिनिधित्व गर्ने यस जेसीआई पोखरा, प्रदेश सरकारले चाहेको अवस्थामा तथा आवश्यकता अनुसारका रचनात्मक कार्यहरुमा सहयोग र सहकार्य गर्न सदैव तयार रहेको प्रतिबद्घता जाहेर गर्दै पोखरा जेसीजले यही २०७८, पौष १ देखी ४ सम्म आतिथ्यता गर्ने नेपाल जेसीजको ४८ औं राष्ट्रिय महाधिवेशनको बारेमा जानकारी गराउँदै सहकार्यका लागि अनुरोध सहित निमण्त्रणा गरिएको छ! साथै उक्त महाधिवेशन सभ्य र भव्य बनाउन र प्रदेश सरकारसँग सहकार्यका अपिल गरिएकोमा प्रदेश सरकार सकरात्मक रहेको धारणा मान्ननिय मुख्य मन्त्री ज्युले व्यक्त गर्नु भयो!
पोखरा जेसीज बर्ष २०२१ का अध्यक्ष जेसी किरण केसी ज्युको नेतृत्वमा, पुर्व अध्यक्षहरु आनन्द राज मुल्मी, जेसी गोबिन्द देवकोटा, जेसी सन्तोष शाही, कार्यकारिणी समिती सदस्यहरु निवर्तमान अध्यक्ष जेसी शिव साप्कोटा, कानुनी सल्लाहकार जेसी देवराज शर्मा, कार्यकारिणी उपाध्यक्ष जेसी सन्देश पराजुली, महासचिव जेसी भाइराज रानामगर कोषद्यक्ष जेसी कुशल पौडेल तथा व्यावसायिक बिकास अअयुक्त जेसी मिनराज खड्का लगायतको उपस्थिती रहेको थियो!

JCI News Archive