" वालिङ जेसीजको चौथो बोर्ड बैठक सम्पन्न "

2021-08-30
वालिङ जेसीजले बोर्ड वैठक सम्पन्न गरेको छ । यहि मिति २०७८ साल भदौ १३ गते वालिङ जेसीजका अध्यक्ष जेसी विश्वास लम्सालको अध्यक्षतामा  वालिङ जेसीजको सचिवालयमा  सम्पन्न उक्त बैठकले नेपाल जेसीजको आयोजना तथा पालुङ जेसीजको आतिथ्यतामा यहि भाद्र २०-२१ गते हुन गइरहेको क्षेत्र "ख " सम्मेलनमा वालिङ जेसीजको तर्फबाट सक्रिय सहभागीता जनाउने लगायत जेसीज धारा ,जेसीज पार्क निर्माण जस्ता  महत्वपूर्ण निर्णयहरु गरेको छ । उक्त बैठकमा सामूहिक आस्थापाठ गरिएको थियो भने स्वागत मन्तब्य  वालिङ जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी मणिप्रसाद अर्यालले गर्नुभएको थियो । त्यसैगरी धन्यबाद ज्ञापन अर्का  कार्यकारिणी उपाध्यक्ष  जेसी चुत्र बहादुर महतले गर्नुभएको  कार्यक्रमको संचालन महासचिब जेसी यज्ञ पुरुष रिजालले गर्नुभएको थियो  । बैठक पछी दर खाने कार्यक्रमको आयोजना गरिएको थियो ।

JCI News Archive