JCI Nepal Area "A" Conference
2023-09-29 / 2023-09-30    
Registration Period: 2023-09-04 / 2023-09-28
Host Chapter: Biratnagar

Location : City Palace, Biratnagar Organized By : JCI


आत्मिय जेसी मित्र,
बिराटनगर जेसीजको आतिथ्यतामा नेपाल जेसीज वर्ष–२०२३ को क्षेत्र “क” सम्मेलन निम्न मिति र स्थानमा हुन गईरहेको व्यहोरा सहर्ष जानकारी गराउँदछु ।

अतः यस वर्ष नेपाल जेसीजको "As One: 1 Family, 1 Team, 1 Goal" प्रकरणका साथ बिराटनगर स्थित सिटी प्यालेसमा हुन गईरहेको नेपाल जेसीजको क्षेत्र “क” सम्मेलनलाई सभ्य, भव्य एवं ऐतिहासीक रुपमा सफल बनाउनका लागि तपाईं लगायत शाखाका पदाधिकारीज्यूहरुको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।

सम्मेलनको मिति, समय, र स्थानः
मितिः २०८० साल असोज १२ र १३ गते (सेप्टेम्बर २९ र ३०, २०२३)
स्थानः सिटी प्यालेस, बिराटनगर
उद्धघाटन समयः २०८० साल असोज १२ गते दिनको २ बजे

रजिष्ट्रेशन शुल्क (आवास सहित)
प्रति जेसीज सदस्यः रु ५,५००।–,
दम्पत्ति रु.८,५००।–,
जुनीयर जेसीज रु १,५००।–

रजिष्ट्रेशन शुल्क (आवास रहित)
प्रति जेसीज सदस्यः रु ३,५००।–,
दम्पत्ति रु.५,५००।–,
जुनीयर जेसीज रु ५००।–

(महिला जेसीज सदस्यका लागी थप १,०००।– छुट । )

धन्यवाद ! जय जेसीज !!

• थप जानकारीका लागि सम्पर्क जेसी अभिनास थापा, अध्यक्ष–२०२३, बिराटनगर जेसीज–९८०४३०४०४४
• सहभागिज्युहरुको ID card, Certificate लगायत अन्य प्रिन्ट नेपाल जेसीजको आधिकारीक वेबसाईटबाट Auto Generate गरि Print गरिने हुँदा सहभागि सम्पुर्णले नेपाल जेसीजको आधिकारीक वेबसाईट www.jcinepal.org.np मा Account Login गरी Events मा गई अनिवार्य Registration गर्नुपर्नेछ ।

नोट– सम्पुर्ण राष्ट्रिय कार्यक्रमको प्रचार तथा प्रर्बद्धन डिजिटल माध्यमबाट गर्नुपर्ने शाखाले बढिमा ४ मिनेटको भिडियो बनाई नेपाल जेसीजको सचिवालयमा तथा सम्मेलन सभापतिज्युलाई २ दिन अगावै पठाउनु पर्ने छ ।

JCI Events Archive