आत्मिय जेसी मित्र,
“कि आर्थिक न्यायको सर्वोत्तम उपलब्धी, स्वतन्त्र मनुष्यको व्यावसायिक स्वतन्त्रताद्धारा हुन सक्दछ” भन्ने जेसीजको पवित्र आस्था अनुरुप जेसीजमा संलग्न युवाहरुलाई व्यवसायिक रुपमा शशक्त बनाई राष्ट्रलाईनै समृद्धिको अभियानमा अगाडि बढाउनका लागि सबल व्यक्तित्व विकासमा योगदान पुर्याउने उद्देश्यका साथ यस वर्ष नेपाल जेसीजको प्रकरण "initiate, innovate, impact" अभियानलाई सार्थक परिणाम सहित उत्कृष्ट एवं उपलब्धिमुलक बनाउन नेपाल जेसीज वर्ष–२०२४ को JCI Nepal Business Academy, पोखरा जेसीजको आतिथ्यतामा निम्न मिति, समय र स्थानमा हुन गईरहेको विषय सहर्ष जानकारी गराउँदछु ।
अतः पोखरा जेसीजको आतिथ्यतामा सम्पन्न हुने उक्त JCI Nepal Business Academy कार्यक्रममा भाग लिन ईच्छुक सदस्यज्यूहरुले शाखाको निवेदन सहित पोखरा जेसीज सँग समन्वय गरी रजिष्ट्रेशन शुल्क सहित समयमानै नाम दर्ता गरिदिनहुन हार्दिक अनुरोध गर्दछु । सिट संख्या ५० जनाको मात्र रहेको हुँदा पहिलो रजिष्ट्रशनलाई पहिलो प्राथमिकता दिईनेछ ।
कार्यक्रम हुने मिति, स्थान र समयः
मितिः २०८१ भाद्र ०७ गते देखि १० गते (23 to 26 August, 2024)
स्थानः Hotel Pokhara Grande, Birauta Chowk, Pardi Pokhara
समुदघाटन कार्यक्रमः भाद्र ७ गते शुक्रबार दिनको ठिक २ बजे
रजिष्ट्रेशन शुल्कः जेसीज सदस्यका लागि रु. १९,५००।–
अन्य सहभागिका लागि रु. २२,५००।–
धन्यवाद ! जय जेसीज !!
रजिष्ट्रेशन लगायत अन्य थप जानकारीका लागि सम्पर्कः
जेसी देव राज शर्मा, शाखा अध्यक्ष–२०२४, पोखरा जेसीज– ९८५६०२९७३०