आत्मीय जेसीज मित्रहरु,
नेपाल जेसीज वर्ष–२०२४ लाई सार्थक तथा सफल बनाउँदै कुशल नेतृत्व तथा सबल व्यक्तित्व विकासमा योगदान पुर्याउने उद्देश्यका साथ यस वर्ष नेपाल जेसीजको प्रकरण "initiate, innovate, impact" अभियानलाई सार्थक परिणाम सहित समय सापेक्ष उत्कृष्ट एवं उपलब्धिमुलक बनाउनका लागि नेपाल जेसीज वर्ष–२०२४ को १७ औं राष्ट्रिय लेडी एकेडेमी कार्यक्रम दाङ लेडी जेसीजको आतिथ्यतामा निम्न मिति, समय र स्थानमा हुन गईरहेको व्यहोरा सहर्ष जानकारी गराउँदछु ।
अतः दाङ लेडी जेसीजको आतिथ्यतामा सम्पन्न हुन गईरहेको उक्त १७ औं राष्ट्रिय लेडी एकेडेमी कार्यक्रममा तपाईं लगायत तपाईंको शाखाबाट बढि भन्दा बढी सदस्यज्युहरुको सक्रिय सहभागीताका लागि अनुरोध गर्दछु । विशेषतः आफ्नो शाखाका लेडी जेसीज सदस्यज्युहरुलाई अनिवार्य रुपमा उपस्थिति गराईदिनहुन समेत हार्दिक अनुरोध गर्दछु ।
कार्यक्रम हुने मिति, स्थान र समयः
मितिः २०८१ साल कार्तिक २४ देखि २५ गते (9 & 10 November, 2024)
स्थानः Vingreli Village Resort, Ghorahi-lamahi Highway, Ghorahi, Dang, Nepal
समुदघाटन कार्यक्रमः कार्तिक २४ गते शनिबार दिनको ठिक ११:०० बजे
रजिष्ट्रेशन शुल्कः जेसीज सदस्यका लागि रु. ४,५००।–
धन्यवाद ! जय जेसीज !!
रजिष्ट्रेशन लगायत अन्य थप जानकारीका लागि सम्पर्कः
जेसी जुन कुमारी बुढा, शाखा अध्यक्ष–२०२४, दाङ लेडी जेसीज– ९८५७८३२२४५
जेसी दिलमाया घर्ती, निर्देशक– राष्ट्रिय लेडी एकेडेमी–९८५५०७२१४०