2024 JCI Nepal LOM Leaders' Academy
2024-04-05 / 2024-04-06     09:00:00am - 06:00:00pm    
Registration Period: 2024-03-21 / 2024-04-01

Location : Sauraha Tharu Village, Ratnanagar Municipality-07, Chitwan Organized By : JCI


आत्मीय जेसीज मित्र,
स्थानीय शाखाहरुको बार्षिक कार्यक्रमहरुले समाजमा दीर्घकालिन सकारात्मक प्रभाव पार्नका लागि स्थानीय शाखाका अध्यक्ष, महासचिव र कोषाध्यक्षज्यूहरुको क्षमता अभिवृद्धिका साथै वार्षिक कार्यक्रमहरुको रुपरेखाको विषयमा छलफल तथा अन्तरक्रिया गर्दै युवाहरुको अन्तरनिहित प्रतिभालाई प्रशिक्षणको माध्यमद्वारा प्रष्फुटन गराई कुशल नेतृत्व तथा सबल व्यक्तित्व विकासमा योगदान पुऱ्याउने उद्धेश्य सहित यस वर्ष नेपाल जेसीज तथा राष्ट्रिय अध्यक्षको प्रकरण "initiate, innovate, impact" रहेको विषय यहाँहरुलाई पुनश्चः जानकारी गराउँदै उक्त अभियानलाई सार्थक परिणाम सहित समय सापेक्ष सफल, उत्कृष्ट एवं उपलब्धिमुलक बनाउनका लागि निम्न मिति, स्थान र समयमा नेपाल जेसीजको 2024 JCI Nepal LOM Leaders' Academy सञ्चालन हुन गईरहेको विषय यहाँहरुलाई सहर्ष जानकारी गराउँदछु ।

कार्यक्रमको मिति, समय र स्थानः
मितिः २०८० साल चैत्र २३ र २४ गते (5-6 April, 2024)
समयः दिनको ठिक १०ः०० बजे (Reporting Time)
स्थानः Sauraha Tharu Village, Ratnanagar Municipality-07, Chitwan
रजिष्ट्रेशन शुल्कः रु २,४००।–

अतः उक्त 2024 JCI Nepal LOM Leaders' Academy मा वर्ष–२०२४ का शाखा अध्यक्ष, महासचिव र कोषाध्यक्ष सहित ३ जनाको मात्र अनिवार्य उपस्थिति सहित सक्रिय सहभागिताको लागि अनुरोध गर्दछु ।

For Pre-Registration:
Account Name- JCI Nepal Events 2024
Account No- 09910201204100000001
Bank Name- Muktinath Bikash Bank Limited
Branch- Tokha

प्रि–रजिस्ट्रेशन मिति २०८० साल चैत्र १९ गते सोमबार दिनको ठिक ५ बजेसम्म मात्र खुल्ला रहने छ ।

नोट– भौतिक रुपमा बैंकमा गई भौचरमा अनिवार्य रुपमा शाखाको नाम समावेस गरी दर्ता शुल्क बापतको रकम एकमुष्ट रुपमा जम्मा गर्नुपर्नेछ । रकम जम्मा गरिसकेपश्चात भौचर तथा रजिष्ट्रेशन शुल्क अनुरुप शाखाबाट आउने पदाधिकारीज्युहरुको नामावली शाखाको आधिकारिक लेटरहेडमा ईमेल मार्फत नेपाल जेसीजको सचिवालयमा अनिवार्य पठाउनुपर्नेछ र सक्कल प्रति Academy मा सहभागि हुन आउँदा आफुसंगै लिएर आउनुपर्ने छ । (बैंकको जानकारी अनुरुप बैंकको स्टेटमेन्टमा अन्लाईन मार्फत गरिएको दर्ता शुल्क बमोजिमको शाखा पत्ता लगाउन कठिनाई हुने हुँदा अन्लाईन दर्ता नगरिदिनहुन समेत हार्दिक अनुरोध गर्दछु ।)

धन्यावद ! जय जेसीज !!

JCI Events Archive