आत्मिय जेसीज मित्र,
ईटहरी जेसीजको आतिथ्यमा यहि मितिः २०८१ साल पौष ६ गते देखी ८ गते तदनुसार डिसेम्बर २१ देखी २३, २०२४ सम्म नेपाल जेसीजको ५१ औं राष्ट्रिय महाधिवेशन, इटहरी–०९, सुनसरी स्थित श्री जनता मा.बि.को खेल मैदानमा हुन गईरहेको विषय यहाँहरुलाई सहर्ष जानकारी गराउँदछु ।
अतः नेपाल जेसीज वर्ष–२०२४ को "initiate, innovate, Impact" प्रकरणका साथ हुन गईरहेको नेपाल जेसीजको उक्त ५१औं राष्ट्रिय महाधिवेशनलाई सभ्य, भव्य एवं ऐतिहासीक रुपमा सफल बनाउनका लागि तपाईं लगायत शाखाका पदाधिकारीज्यूहरुको उपस्थितिका साथै सक्रिय सहभागीताका लागि हार्दिक अनुरोध गर्दछु ।
महाधिवेशनको मिति र स्थानः
मितिः २०८१ साल पौष ६ गते देखी ८ गते (डिसेम्बर २१ देखी २३, २०२४)
स्थानः श्री जनता मा.बि.को खेल मैदान, इटहरी–०९, सुनसरी
रजिष्ट्रेशन शुल्कः
प्रति जेसीज सदस्यः रु ९,५००।–, दम्पत्ति (Spouse) रु.१५,५००।– र जुनीयर जेसीज रु ५,०००।– (आवास सहित)
प्रति जेसीज सदस्यः रु ६,५००।–, जुनियर जेसीज रु. ३,०००।– (आवास बाहेक)
धन्यवाद ! जय जेसीज !!
थप जानकारीका लागि सम्पर्कः
जेसी रुद्र प्रसाद सुबेदी (सुमन), अध्यक्ष–२०२४, ईटहरी जेसीज – ९८५२०५४५४७
जेसी दिपक ढकाल, महाधिवेशन निर्देशक– ९८५२०४०८७७ तथा ईटहरी जेसीजको सचिवालय– ९८४२०९९६१७
नोट– महाधिवेशनमा सहभागिज्युहरुको ID card, Gate Pass, Certificate लगायत अन्य प्रिन्ट नेपाल जेसीजको आधिकारीक वेबसाईटबाट Auto Generate गरि Print गरिने हुँदा सहभागि सम्पुर्णले नेपाल जेसीजको आधिकारीक वेबसाईट www.jcinepal.org.np मा Account Login गरी Events मा गई अनिवार्य Registration गर्नुपर्नेछ । साथै महाधिवेशनको समय तालिका यथासिघ्र प्रेषित गरिने छ र महाधिवेशन सम्बन्धि थप जानकारीका लागि www.jcinepal.org.np मा गई Events मा हेर्नहुन समेत आग्रह गर्दछौं ।