आत्मीय जेसीज मित्र,
नेपाल जेसीज वर्ष–२०२६ लाई सफल, प्रभावकारी र उपलब्धिमूलक बनाउन यहाँहरूको महत्वपूर्ण भूमिका रहने कुरामा विश्वस्त रहँदै नेपाल जेसीज प्रति यहाँहरूले निरन्तर देखाउँदै आउनुभएको क्रियाशीलता, प्रतिबद्धता र नेतृत्वप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
Project Sankalpa- एकताको संकल्प, रूपान्तरणको यात्रा अभियान अन्तर्गत स्थानीय शाखाहरूको वार्षिक कार्यक्रमहरूले, समाजमा दीर्घकालीन सकारात्मक प्रभाव पार्न सकून् भन्ने उद्देश्यले शाखा अध्यक्षज्यूहरूको क्षमता अभिवृद्धि, वार्षिक कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल र अन्तरक्रिया गर्दै कुशल नेतृत्व र सबल व्यक्तित्व विकासमा टेवा पुर्याउने हेतुले नेपाल जेसीजले यस वर्ष राष्ट्रिय अध्यक्षको प्रकरण “Aim, Act, Achieve” लाई आत्मसाथ गर्दै पोखरा जेसीजको आतिथ्यतामा निम्न मिति, स्थान र समयमा नेपाल जेसीज वर्ष– २०२६ को National Councilors’ Academy आयोजना गर्न लागेको विषय सहर्ष जानकारी गराउँदछौं ।
कार्यक्रमको मिति, स्थान र समयः
मितिः २०८२ साल चैत्र ६ र ७ गते (20-21 March, 2026)
समयः बिहानको ठिक १०ः०० बजे (Reporting Time)
स्थानः Kuti Resort and Spa, Pokhara-06, Lakeside, Street No-13
रजिस्ट्रेशन शुल्कः रु.२,६००।–
सम्पर्कका लागिः जेसी सुमन पहारी, अध्यक्ष–२०२६, पोखरा जेसीज– ९८४६४८१५५१
अतः उक्त 2026 JCI Nepal National Councilors’ Academy मा वर्ष–२०२६ का शाखा अध्यक्षज्यूहरुको अनिवार्य तथा सक्रिय सहभागिताका लागि अनुरोध गर्दछौं ।
धन्यवाद ! जय जेसीज !!!
नोट– प्रि–रजिस्ट्रेशन मितिः २०८२ साल चैत्र ४ गते बुधबार दिनको ठिक ५ बजे सम्म मात्र खुल्ला रहने छ । Academy मा सहभागिज्युहरुको ID card, Gate Pass, Certificate लगायत अन्य प्रिन्ट नेपाल जेसीजको आधिकारीक वेबसाईटबाट Auto Generate गरि Print गरिने हुँदा दर्ता शुल्क बुझाईसके पश्चात नेपाल जेसीजको आधिकारीक MIS, www.jcinepal.org.np मा Account Login गरी Events मा गई 2026 JCI Nepal National Councilors’ Academy मा अनिवार्य Registration गर्नुपर्नेछ ।