आत्मीय जेसीज मित्रहरु,
स्थानीय शाखाहरुको बार्षिक कार्यक्रमहरुले समाजमा दीर्घकालिन सकारात्मक प्रभाव पार्नका लागि स्थानीय शाखाका अध्यक्ष, कानुनी सल्लाहकार, महासचिव र कोषाध्यक्षज्यूहरुको क्षमता अभिवृद्घिका साथै वार्षिक कार्यक्रमहरुको रुपरेखाको विषयमा छलफल तथा अन्तरक्रिया गर्दै युवाहरुको अन्तरनिहित प्रतिभालाई प्रशिक्षणको माध्यमद्वारा प्रष्फुटन गराई कुशल नेतृत्व तथा सबल व्यक्तित्व विकासमा योगदान पुर्याउने उद्देश्य सहित यस वर्ष नेपाल जेसीज तथा राष्ट्रिय अध्यक्षज्युको प्रकरण “Rise Together for Better Tomorrow" रहेको विषय यहाँहरुलाई पुनश्चः जानकारी गराउँदै उक्त अभियानलाई सार्थक परिणाम सहित समय सापेक्ष सफल, उत्कृष्ट एवं उपलब्धिमुलक बनाउने उद्देश्यका साथ यस बर्ष सिमरा जेसीजको आतिथ्यतामा नेपाल जेसीजको 2025 JCI Nepal LOM Leaders' Academy निम्न मिति, स्थान र समयमा सञ्चालन हुन गईरहेको विषय यहाँहरुलाई सहर्ष जानकारी गराउँदछु ।
कार्यक्रमको मिति, समय र स्थानः
मितिः २०८१ फागुन ९ देखि ११ गते (फेब्रुअरी २१ देखी २३, २०२५)
उद्घाटन समयः फागुन १० गते बिहान ठिक ०९ः०० बजे
स्थानः Hotel Ichchha, Simara
रजिष्ट्रेशन शुलकः रु. ७,७००।– (२ दिनको आवास सहित)
सम्पर्कका लागिः जेसी द्वारिका राज पौडेल, अध्यक्ष–२०२५, सिमरा जेसीज– ९८६०३२३०६७
अतः उक्त 2025 JCI Nepal LOM Leaders' Academy मा राष्ट्रिय पदाधिकारीज्युहरुका साथै शाखाबाट शाखा अध्यक्ष, कानुनी सल्लाहकार, महासचिव र कोषाध्यक्ष सहित ४ जना सदस्यज्युहरुको अनिवार्य सक्रिय सहभागीताको लागि हार्दिक अनुरोध गर्दछु ।
धन्यावद !! जय जेसीज !!!