आत्मिय जेसीज मित्र,
बुटवल जेसीजको आतिथ्यमा यहि मितिः २०८० साल मंसिर २९, मंसिर ३० पौष १ र पौष २ गते तदनुसार डिसेम्बर १५ देखी १८, २०२३ सम्म नेपाल जेसीजको ५० औं राष्ट्रिय महाधिवेशन, बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्र, बुटवलमा हुन गईरहेको विषय यहाँहरुलाई सहर्ष जानकारी गराउँदछु ।
अतः नेपाल जेसीज वर्ष–२०२३ को "As One: 1 Family, 1 Team, 1 Goal" प्रकरणका साथ हुन गईरहेको उक्त नेपाल जेसीजको ५०औं राष्ट्रिय महाधिवेशनलाई सभ्य, भव्य एवं ऐतिहासीक रुपमा सफल बनाउनका लागि तपाईं लगायत शाखाका पदाधिकारीज्यूहरुको उपस्थितिका साथै सक्रिय सहभागीताका लागि हार्दिक अनुरोध गर्दछु ।
महाधिवेशनको मिति र स्थानः
मितिः २०८० साल मंसिर २९, मंसिर ३०, पौष १ र पौष २ गते (डिसेम्बर १५ देखि १८, २०२३)
स्थानः बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्र, बुटवल
रजिष्ट्रेशन शुल्कः
प्रति जेसीज सदस्यः रु ८,३००।–, दम्पत्ति (Spouse) रु.१५,०००।– र जुनीयर जेसीज रु ४,०००।– (आवास सहित)
प्रति जेसीज सदस्यः रु ६,५००।– (आवास बाहेक)
धन्यवाद ! जय जेसीज !!
थप जानकारीका लागि सम्पर्कः
जेसी हरि विक्रम कुंवर, अध्यक्ष–२०२३, बुटवल जेसीज – ९८५७०३०२०६
सिनेटर जगत बहादुर पोखरेल, महाधिवेशन निर्देशक– ९८५७०२५१४०
नोट– महाधिवेशनमा सहभागिज्युहरुको ID card, Gate Pass, Certificate लगायत अन्य प्रिन्ट नेपाल जेसीजको आधिकारीक वेबसाईटबाट Auto Generate गरि Print गरिने हुँदा सहभागि सम्पुर्णले नेपाल जेसीजको आधिकारीक वेबसाईट www.jcinepal.org.np मा Account Login गरी Events मा गई अनिवार्य Registration गर्नुपर्नेछ ।