2024 JCI Nepal Academy
2024-11-14 / 2024-11-17     01:00:00pm - 01:00:00pm    
Registration Period: 2024-10-07 / 2024-11-07
Host Chapter: Devghatdham

Location : Regenta Resort and Spa, Bharatpur- 29, Bhateri, Chitwan Organized By : JCI


आत्मीय जेसीज मित्रहरु,
नेपाल जेसीज वर्ष–२०२४ लाई सार्थक तथा सफल बनाउँदै उच्च स्थानमा पुर्‍याउन साथै जेसीज आस्थाबाट अनुशासन तथा संस्कारलाई व्यवहारमा उतार्न शाखा पदाधिकारीज्यूहरुको क्षमता अभिबृद्धी तथा समय सापेक्ष नेतृत्वदायी भुमिका निर्वाह गर्ने उद्धेश्यका साथ यस वर्ष नेपाल जेसीजको प्रकरण "initiate, innovate, Impact" अभियानलाई सार्थक परिणाम सहित उत्कृष्ट एवं उपलब्धिमुलक बनाउन नेपाल जेसीज वर्ष–२०२४ को JCI Nepal Academy, देवघाटधाम जेसीजको आतिथ्यतामा निम्न मिति, समय र स्थानमा हुन गईरहेको विषय सहर्ष जानकारी गराउँदछु ।

विभिन्न राष्ट्रहरुमा प्रशिक्षण प्रदान गरि सक्नु भएका प्रशिक्षकज्यूहरुद्वारा संचालन हुने अन्तर्राष्ट्रिय स्तरको उक्त Academy मा तपाईं लगायत शाखाका पदाधिकारीज्यूहरुको सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गर्दछु । साथै सहभागी हुन इच्छुक सदस्यज्यूहरुले यसै पत्रका साथ समावेश गरिएको संलग्न फारम भरी यहि मिति २०८१ कार्तिक २२ गते बिहीबार तदनुसार नोभेम्बर ७, २०२४ भित्र शाखाको निवेदन र रजिष्ट्रेशन शुल्क सहित निवेदन दर्ता गर्न हुन हार्दिक अनुरोध गर्दछु एकेडेमिका लागि सिट सिमित रहेको हुदा पहिलो रजिष्ट्रशेनलाई पहिलो प्राथमिकता दिईनेछ ।


कार्यक्रम हुने मिति, स्थान र समयः
मितिः २०८१ साल कार्तिक २९, ३० र मंसिर १ र २ गते (14 to 17 November, 2024)
स्थानः Regenta Resort and Spa, Bharatpur- 29, Bhateri, Chitwan
समुदघाटन कार्यक्रमः कार्तिक २९ गते गते बिहीबार दिनको ठिक ०१:०० बजे
रजिष्ट्रेशन शुल्कः जेसीज सदस्यका लागि रु. १५,०००।– अन्य सहभागिका लागि रु. १८,०००।–

धन्यवाद ! जय जेसीज !!

रजिष्ट्रेशन लगायत अन्य थप जानकारीका लागि सम्पर्कः
जेसी रघु मल्ल, शाखा अध्यक्ष–२०२४, देवघाटधाम जेसीज– ९८५५०४६६१४
जेसी लोक प्रसाद भण्डारी, JCI Nepal Academy Coordinator, JCI Nepal, ९८५७०२५१७९
जेसी बिष्णु हरी सापकोटा (क्षितिज), JCI Nepal Academy LOM Director, JCI Devghatdham,, ९८५१०४७०७६

JCI Events Archive