आत्मीय जेसीज मित्र,
युवाहरूको अन्तर्निहित प्रतिभालाई प्रभावकारी प्रशिक्षणका माध्यमबाट उजागर गर्दै, उनीहरूको नेतृत्व तथा व्यक्तित्व क्षमता विकासमा अभिवृद्धि गरी समृद्ध राष्ट्र निर्माणको अभियानमा सक्रिय रूपमा अग्रसर गराउने उद्देश्यका साथ यस वर्ष Project Sankalpa- एकताको संकल्प, रूपान्तरणको यात्रा अन्र्तगत नेपाल जेसीजको प्रकरण “Aim, Act, Achieve" अभियानलाई सार्थक परिणाम सहित सफल, उत्कृष्ट एवं उपलब्धिमुलक बनाउन नेपाल जेसीज वर्ष–२०२६ को JCI Nepal Academy, सुरुङ्गा जेसीजको आतिथ्यतामा निम्न मिति, स्थान र समयमा हुन गईरहेको विषय जानकारी गराउछौँ ।
अतः उक्त 2026 JCI Nepal Academy कार्यक्रममा भाग लिन ईच्छुक सदस्यज्यूहरुले शाखाको निवेदन सहित सुरुङ्गा जेसीज सँग समन्वय गरी समयमानै नाम दर्ता गर्नहुनका लागी हार्दिक अनुरोध गर्दछौं ।
सिट संख्या ५० जनाको मात्र रहेको हुँदा पहिलो रजिष्ट्रशनलाई पहिलो प्राथमिकता दिईनेछ ।
कार्यक्रमको मिति, स्थान र समयः
मितिः २०८३ जेठ १४ गते देखि १७ गते सम्म (28-31 May, 2026) [3N4D]
स्थानः Hotel Siddhartha Grand City, Birtamode, Jhapa
समुदघाटन कार्यक्रमः २०८३ जेठ १४ बिहीबार दिनको ठिक ०२ बजे
रजिष्ट्रेशन शुल्कः जेसीज सदस्यका लागि रु. १७,५००।–
अन्य कर्पोरेट सहभागिका लागि रु. २१,०००।–
सम्पर्कका लागिः जेसी मेनुका उप्रेती, अध्यक्ष–२०२६, सुरुङ्गा जेसीज– ९८०४९१२९०९
धन्यवाद ! जय जेसीज !!!
Academy मा सहभागिज्युहरुको ID card, Pass, Certificate लगायत अन्य प्रिन्ट नेपाल जेसीजको आधिकारीक वेबसाईटबाट Auto Generate गरि print गरिने हुँदा दर्ता शुल्क बुझाईसके पश्चात नेपाल जेसीजको आधिकारीक MIS, www.jcinepal.org.np मा Account Login गरी Events मा गई 2026 JCI Nepal Academy मा अनिवार्य Registration गर्नुपर्नेछ ।