चुरा बनाउने तालिम

2021-11-08

मिति २०७८/०७/०९ गते मग‍लबार का दिन दाङ महिला जेसीज वर्ष २०२१का अध्यक्ष जेसि ममता बिष्टको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष शक्तिराम डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले तालिमले महिलाहरुलाई आत्मनिर्भर बन्न सहयोग पु¥याउने बताएका थिए । उनीहरुले सिपलाई व्यवहारमा लागु गर्न सके आयआर्जनका महत्वपूर्ण बाटो बन्न सक्ने भएकाले तालिमबाट सिकेको सिपलाई अनिवार्य रुपमा लागु गर्न महिलाहरुलाई आग्रह गरेका थिए । सप्ताहव्यापी कार्यक्रम अन्तरगर्त तेश्रो दिन ४० जना महिलाहरुलाई चुरा बनाउने तालिम दिइएको हो । तालिमको मुख्य प्रशिक्षकमा नारी सिप विकास मञ्चकी अध्यक्ष बिष्णु थापा हुनुहुन्थियाे ।कार्यक्रममा दाङ महिला जेसीजका सस्थापक अध्यक्ष जेसि निर्मला गौतम, दाङ महिला जेसीजका पूर्व अध्यक्ष जेसि बिमला देवकोटालगायतले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे। कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमको बारेमा मुल कार्यक्रम संयोजक जेसि जुनकुमारी बुढा मगरले जानकारी गराउनुभएकाे थियाे । भने आस्थापाठ उपाध्यक्ष जेसि दिलु मल्लले गर्नुभएकाे थियाे । कार्यक्रमका सहभागीलाई धन्यावाद मन्तवय कोषाध्यक्ष जेसि अनिता ढकालले  गर्नुभएकाे  थियाे  । एनजिओआइएनजिओ कोर्डिनेटर तथा कार्यक्रम संयोजक जेसि सुजन पौडेलको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण महासचिव जेसि सुनिता थापाले गर्नुभएकाे थियाे ।

JCI News Archive