ट्राफिक सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न

2024-03-29

मिति २०८० चैत्र १६ गते शुक्रबार 

   म्याग्दि जेसिज द्वारा ट्राफिक कार्यालय म्याग्दि को समन्वय मा ट्राफिक सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ! म्याग्दि जेसिज का शाखा अध्यक्ष जेसि दिनेश बानियाँ को अध्यक्षता,म्याग्दि जेसिज का संथापक अध्यक्ष, बेनि नगरपालिका-७ का वडा अध्यक्ष तथा बेनि नगरपालिका का प्रबक्ता सिनेटर रमेश कुमार श्रेष्ठ को प्रमुख आतिथ्यता,म्याग्दि जेसिज का पुर्व अध्यक्ष तथा बेनि नगरपालिका-८ का वडा अध्यक्ष उत्तम कर्माचार्य र ट्राफिक कार्यालय म्याग्दि का प्रमुख राजन केसि द्वय को बिशिष्ट आतिथ्यता र  म्याग्दि जेसिज का कार्यकारिणि उपाध्यक्ष जेसि कृष्ण प्रदाद पौडेल को स्वागत मन्तव्य रहेको कार्यक्रम को संचालन कार्यक्रम संयोजक तथा म्याग्दि जेसिज का साधारण सदस्य कपिल बानियाँले गरेका थिए|

   कार्यक्रम मा उपस्थित बिद्यालय मा अध्यनरत बिद्यार्थि ,सवारि चालक र सर्वसाधरण हरु लाई जिल्ला ट्राफिक कार्यालय म्याग्दि का प्रमुख राजन केसि ले ट्राफिक नियम को बारेमा प्रशिक्षण सहित को भनाई राख्नु भएको थियो। कार्यक्रम मा म्याग्दि जेसिज का संस्थापक अध्यक्ष,बेनि नगरपालिका-७ का वडा अध्यक्ष तथा बेनि नगरपालिका का प्रबक्ता सिनेटर रमेश कुमार श्रेष्ठ ले प्रमुख अतिथि को मन्तव्य राख्नु भएको थियो|

   उपस्थित सम्पुर्ण लाई धन्यवाद तथा आभार ब्यक्त गर्दै मानविय कारण ले हुने सवारि दुर्घटना न्यूनीकरण गर्ने उद्देश्य का साथ १८ बर्ष देखि ४० बर्ष भित्र का युवा हरु को तर्फ बाट समुदाय स्तर को कार्यक्रम Road Behavior programme (Traffic Rule) (ट्राफिक सचेतना प्रशिक्षण कार्यक्रम) संचालन गरिएको शाखा अध्यक्ष जेसि दिनेश बानियाँले वताए! कार्यक्रम समापन पश्चात सर्वसाधारण र सवारि चालक हरु लाई ट्राफिक रुल को बारेमा तयार पारिएको पर्चा बितरण गर्दै बेनि बजार परिक्रमा समेत गरिएको थियो|

JCI News Archive