लेखनाथ जेसीजमा जेसीज सप्ताहको उद्घाटन सचिवालय समुद्घाटनबाट

2019-12-02

जेसीज सप्ताह २०१९ को पहिलो कार्यक्रम सप्ताह उद्घाटन तथा लेखनाथ जेसीजल निर्माण गरिएको बहुउद्देश्यीय तालिम हल सहितको जेसीज सचिवालय समुद्घाट गर्नका लागि २०७६ कात्तिक २४ गते सम्पन्न भएको सप्ताह उद्घाटन तथा सचिवालय समुद्घाटन कार्यक्रम लेखनाथ जेसीजका अध्यक्ष जेसी रोशन अधिकारीको अध्यक्षता तथा पोखरा महानगरपालिकाका प्रमुख श्री मान बहादुर जि.सीज्यूको प्रमुख आतिथ्यतामा पोखरा २९ स्थित लेखनाथ जेसीजको सचिवालयमा बिहान ८ः०० बजे सम्पन्न गरियो । यस कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.२६ का वडा अध्यक्ष श्री नारायण प्रसाद बराल, वडा नं. २७ का वडा अध्यक्ष जेसी पुर्ण कुमार गुरुङ्ग, वडा न.२९ का वडा अध्यक्ष श्री चेत बहादुर गुरुङ्ग, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष श्री बलराम ढकाल, मातृशाखा पोखरा जेसीजका अध्यक्ष जेसी सन्तोष शाही, शुक्लागण्डकी जेसीजका अध्यक्ष जेसी मनिष श्रेष्ठ, यस क्षेत्रका विभिन्न संघ–संस्थका अध्यक्ष एवम् प्रतिनिधीहरु, संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, यस क्षेत्रका समाजसेवी, लेखनाथ जेसीजका शुभचिन्तक, जेसीज सदस्यहरुको उपस्थिती रहेको थियो । यस कार्यक्रमको कार्यक्रम संयोजक लेखनाथ जेसीज वर्ष २०१९ का सचिवालय संयोजक जेसी विनोद पौडेल रहेका थिए ।

JCI News Archive