बुटवल जेसिजको तालिममा अन्तराष्टिय झल्को

2018-11-10

                                                    Summit to success 2018                      'A session to be a warrior from a barrier.'


बुटवल । जेसिज अभियान १८ देखि ४० वर्षका युवाहरुलाई नेतृत्वदायी भूमिकामा विकास गराउने एउटा विश्वव्यापी सञ्जाल हो । यही विश्वव्यापी सञ्जालको एक अशं हो–बुटवल जेसीज । जसको स्थापना सन् १९७४ मा भएको हो ।  बुटवल जेसीजले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासको क्षेत्रमा काम गर्दै आएको छ । विशेषगरी जेसीजले व्यक्तिगत, व्यवसायिक, सामुदायीक र अन्तराष्ट्रिय क्षेत्रमा युवाहरुलाइ नेतृत्वदायी भूमिकामा सक्रिय बनाउने योजनाका साथ आफ्ना कार्यक्रमहरु केन्द्रित गर्ने गर्दछ । बुटवल जेसीज वर्ष–२०१८ को नेतृत्वले यो वर्ष प्रभावकारी तालिम सञ्चालन गरि जेसीज सदस्यहरुको नेतृत्व तथा ब्यक्तित्व विकास गर्ने लक्ष्य अनुरुप अन्तराष्ट्रियस्तरको मापदण्ड अपनाउँदै बुटवलमै पहिलो पटक Summit to success 2018 सम्पन्न गर्न सफल भएको हो ।

यो तालिममा बुटवल जेसीजले जेसीजको सदस्य नहुनु भएको महानुभावलाई लक्षित गरेर सम्पन्न गरेको हो । बुटवल जेसीज वर्ष २०१८ का अध्यक्ष जेसी यम प्रसाद तिवारीको थिम  Together Everyone Achieves More अनुसार बुटवल आसपासका क्षेत्रमा रहेका विभिन्न संघसंस्थासंगलाई जेसीज अभियानमा जोड्न क्गmmष्त तय कगअअभकक तालिम सफल भएको हामीले महशुस गरेका छौं । जुन तालिममा प्रहरी अधिकारीहरु, विभिन्न बैङका अधिकृतहरु र विभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
रुपन्देहीको बुटवल स्थित दियालो फुडल्याण्डमा सम्पन्न भएको तालिममा नेपाल जेसीजका प्रशिक्षक जेसी रमेश अर्याल र जेसीआई नेपाल एकेडेमी २०१७ बाट दिक्षित जेसी दिनेश खड्काले प्रशिक्षण दिनु भएको थियो । एक दिने उक्त तालिममा जिवन उपयोगी सिप, नेतृत्वको नयाँ शैलि र प्रभावकारी भाषणकला सम्बन्धी प्रशिक्षण दिइएको थियो ।

यो तालिम सम्पन्न गर्नको लागि उपयुक्त तालिमहलको खोजिका लागि हामीले अत्यन्त ध्यान दियौं । अन्तराष्ट्रि मापदण्ड अनुसार एउटा राउण्ड टेवलमा राखिने सहभागि संख्या, टेवलको दुरी गुणस्तरिय साउण्ड सिष्टम , हाईलेभल प्रोजेक्टर, लगायतका कुराहरुमा हामीले धेरै ठुलो तयारी र ब्यवस्थापन गर्न सफल भएका थियौ ं।

 प्रशिक्षण
सम्पर्ण तयारी र ब्यवस्थापन पछि २०१८ सेप्टेम्वर १५ विहान ७ तालिम सुरु भयो । डिजिटल प्रविधिलाई पुर्णरुपमा अपनाईको तालिमको सुरुवात आकर्षक रुपमा भएको थियो । कार्यक्रमको सञ्चालन बुटवल जेसीजका महाचिव जेसी चन्द्रमणि भुसालले गर्नु भएको थियो भने सहयोगीको भूमिका बैङकर सविता खनालले गर्नु भएको थियो । बुटवल जेसीजका अध्यक्ष जेसी यमप्रसाद तिवारीको अध्यक्षतामा भएको उद्घाटन शत्रमा अध्यक्षज्यूले स्वागत मन्तब्य राखे लगत्तै प्रशिक्षण आरम्भ भएको थियो ।प्रशिक्षक द्धयले अडियो भिडियो प्रविधिको माध्यमबाट टास्क बेसमा रहेर तालिमलाई अगाडि बढाउनु भएको थियो । तालिमलाई मा ४ वटा सेसन चलेका थिए जस अन्तरगत जिवनका ७ पाटाहरुको अवस्था, नयाँ नेतृत्व शैली र जिवन उपयोगी सिप र प्रभावकारी भाषण कलाको वर्कसप पद्धतिबाट सहभागिलाई प्रशिक्षण दिईएको थियो ।


यो तालिम धेरै उपलब्धिहरु प्राप्त गर्न सफल भएको छ । जस्तो मानिसहरुको समुहमा उभिएर बोल्न नसक्ने मानिहरु बोल्न सक्ने भएको प्रतिक्रियाहरु प्राप्त भएका छन् । यसको साथै आफ्नो स्वास्थ्य अवस्था सुधार गर्ने प्रतिवद्धताहरु सहभागिले जनाएका छन् । अर्को तर्फ आफ्नो पेशा ब्यवशाय जिवनको लक्ष्य अनुसार भए नभएको सहभागिहरुले यहि तालिमबाट नै थाहा पाएका छन् भने सवै भन्दा ठुलो कुरा जेसीज अनौपचारिक विश्व विद्यालय हो भन्ने कुरामा सहभागिहरु प्रष्ट भएका छन् ।

यो तालिमको मुल्याङकन गर्नु बुटवल जेसीजको लागि अति महत्वपुर्ण थियो । बुटवल जेसीजको ईतिहासमै पहिलो पटक नन जेसीजको लागि तालिम आयोजना गरिएको कारण मुल्याङकन महत्वपुर्ण भएको हो । तालिममा सहभागिहरु उत्साह जनक तरिकाले सहभागि हुनु र वर्कसपबाट विभिन्न एजेण्डा पास गर्दै बुटवल जेसीजका अध्यक्षलाई ति एजेण्डाबाट बुटवल जेसीजले एउटा एजेण्डा छनोट गरी कार्यक्रम गर्न अनुरोध गर्नु नै तालिम सफल भएको मुल्याङकनको प्रमुख आधार हो । बुटवल जेसीजका अध्यक्ष जेसी यमप्रसाद तिवारीले सहभागिहरुका विभिन्न समुहबाट प्राप्त भएको एजेण्डाहरु मध्यबाट मुलुकी ऐनबारे चेतनामुलक कार्यक्रम आगामी ३ महिना भित्र सम्पन्न गर्ने घोषणा सोही तालिमको समापन समारोहमा गर्नु भएको थियो ।

JCI News Archive